• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

लालीबजार आँसु र अस्तित्वको सङ्घर्ष

  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

लामो समयको विवाद, सामाजिक बहस र कानुनी लडाइँपछि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई अक्सर समाजले हेर्न र बुझ्न चाहँदैन । निर्देशक यम थापाले बादी समुदायका महिलालाई लिएर बुनिएको भ्रम र सत्यतालाई पर्दामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । चलचित्र प्रदर्शनपूर्व यसले बादी समुदायको मानमर्दन गर्छ कि भन्ने चिन्ता र विरोध सुनिएको थियो तर चलचित्र हेरिसकेपछि त्यो विवादको कुनै तुक देखिँदैन । निर्देशक थापाले बादी महिलाको कथालाई अपमानजनक ढङ्गले होइन, अत्यन्तै संवेदनशील र सन्देशमूलक रूपमा पस्कनुभएको छ । चलचित्रले बादी समुदायलाई चोट पु¥याउनुको साटो उनीहरूको रहनसहन, बाध्यता र समाजको दोहोरो चरित्रलाई नजिकबाट नियाल्न सघाउँछ ।

चलचित्रको केन्द्रविन्दुमा हुनुहुन्छ मधुवाला (स्वस्तिमा खड्का), जसको काँधमा बिरामी आमा र बेरोजगार भाइको जिम्मेवारी छ । अभाव र गरिबीको चक्रमा फसेकी मधुले परिवारको जीवन धान्नकै लागि आफ्नो शरीर बेच्ने कठिन निर्णय लिनुहुन्छ । जुन उहाँको रहर होइन, एउटा क्रुर सामाजिक र आर्थिक बाध्यता थियो । हुलाकीको काम गर्ने ब्राह्मण युवक नारायण पन्थी (विशाल देवकोटा) को प्रवेशपछि कथाले नयाँ मोड लिन्छ । चिठीका शब्दमार्फत सुरु भएको उनीहरूको प्रेम विवाहमा परिणत हुन्छ तर रुढीवादी समाज र जातीय अहङ्कारका कारण नारायणले मधुलाई खुलेआम स्वीकार गर्न सक्नुहुन्न । अन्ततः मधु गर्भवती अवस्थामा पुनः आफ्नै पुरानो बस्ती ‘लालीबजार’ फर्किन बाध्य बन्नुहुन्छ ।

चलचित्रको पहिलो भाग प्रेम र सामाजिक बन्धनको वरिपरि घुमे पनि दोस्रो भागले गम्भीर मुद्दाहरू उठाउँछ । हुर्किंदै गरेकी छोरी महारानीलाई शिक्षित बनाउन खोज्दा मधुले राज्य र समाजको कठोर पर्खालको सामना गर्नु पर्छ । बुवाको पहिचानविहीन सन्तानलाई नागरिकता नदिने कानुनी र सामाजिक विभेदलाई चलचित्रले सशक्त रूपमा उठाएको छ । समाजले तिरस्कार गरे पनि तत्कालीन समयमा सुरु भएको माओवादी आन्दोलनले मधुकी छोरीलाई शिक्षा पाउने ढोका खोलिदिन्छ, जसले राजनीतिक परिवर्तन र सामाजिक न्यायको सम्बन्धलाई झल्काउँछ । छोरीको भविष्यका लागि मधुले यौनकर्मीको पेसा त्यागेर गिट्टी कुट्ने श्रम स्वीकार गर्नुले एउटी आमाको त्याग र आत्मसम्मानको पराकाष्ठा पनि देखाउँछ ।

अभिनयका हिसाबले मधुवालाको भूमिकामा स्वस्तिमा खड्काले आफूलाई अब्बल साबित गर्नुभएको छ । बादी महिलाले बोल्ने स्थानीय लवज, शारीरिक भाषा र पीडालाई उहाँले पर्दामा जीवन्त बनाउनुभएको छ । आफ्नो पहिलो चलचित्रमै विशाल देवकोटाले नारायणको भूमिकामा परिपक्व अभिनय पस्कनुभएको छ । प्रेम र समाजबिच पिल्सिएको एउटा दोधारे चरित्रलाई उहाँले कुशलतापूर्वक निभाउनुभएको छ । यसै गरी खलनायकको भूमिकामा रवीन्द्र सिंह बानियाँले सधैँ झैँ आफ्नो बलियो प्रभाव छाड्नुभएको छ । निर्देशक थापाले अपवादबाहेक बादी समुदायको दैनिकी र बस्तीको वातावरणलाई निकै स्वाभाविक रूपमा चित्रण गर्नुभएको छ । चलचित्रको गति मध्यान्तरसम्म केही सुस्त महसुस भए पनि त्यसपछि कथाले समात्ने गति र भावनात्मक गहिराइले दर्शकलाई बाँधिराख्छ ।

प्राविधिक रूपमा पनि लालीबजार सबल देखिन्छ । यसको छायाङ्कन र कला निर्देशनमा गरिएको काम प्रशंसनीय छ । बादी बस्तीको परिवेश, रङको छनोट र दृश्यको बनावटले दर्शकलाई कथाको नजिक पु¥याउन मद्दत गर्छ । यद्यपि यति गम्भीर र मौलिक सामाजिक विषयवस्तु हुँदाहुँदै पनि चलचित्र दक्षिण भारतीय चलचित्रको शैलीगत प्रभावबाट भने मुक्त हुन सकेको छैन । निर्देशकले कथालाई अगाडि बढाउँदा प्रयोग गरेका कतिपय काममा त्यही पुरानो फर्मुला शैलीको छाया देखिन्छ । मौलिकताको खोजी भइरहेको वर्तमान नेपाली चलचित्रको सन्दर्भमा यो चलचित्र पनि व्यावसायिक घेराभन्दा माथि उठेर एउटा छुट्टै ‘सिनेम्याटिक’ उचाइ बनाउनबाट केही चुकेको भान हुन्छ । यति हुँदाहुँदै पनि उठान गरिएको मुद्दा र कलाकारको अभिनयले यसलाई औसतभन्दा माथिको चलचित्र बनाएको छ ।

‘लालीबजार’ एउटा चलचित्र मात्र नभएर समाजको ऐना हो । यसले बादी समुदायप्रति हेर्ने दृष्टिकोण बदल्न र महिलाको अस्तित्व एवं नागरिकताको अधिकारका विषयमा बहस गर्न प्रेरित गर्छ । आमाको सङ्घर्ष, प्रेमको असफलता र अस्तित्वको खोजीलाई पर्दामा हेर्न चाहने दर्शकका लागि यो एउटा उत्कृष्ट र हेर्नैपर्ने चलचित्र बनेको छ । एउटी यौनकर्मी महिला पनि आमा हुन सक्छिन् र उनले आफ्ना सन्तानका लागि संसारसँग लड्ने आँट राख्छिन् । समाजले लगाउने दागभन्दा आमाको पसिना धेरै पवित्र हुन्छ भन्ने सन्देश ‘लालीबजार’ ले दिएको छ ।

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.