• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कर्मचारीको तलबबारे गहन गृहकार्य

  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ १२ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्मचारीको तलब वृद्वि गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । गत तीन वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको र महँगी वृद्धि हुँदै गएकाले सरकारले कर्मचारीलाई न्याय गर्ने गरी तलब वृद्वि गर्ने आन्तरिक तयारी गरेको हो ।

निजामती सेवा ऐनमा कर्मचारीको तलब भत्ता दुई/दुई वर्षमा पुनरवलोकन गर्नुपर्ने उल्लेख गरिएको छ तर गत तीन वर्षदेखि कर्मचारीको तलब वृद्धि भएको छैन । आव २०७९/८० मा कर्मचारीको तलब एकमुष्ट रूपमा १५ प्रतिशत वृद्धि गरिएको थियो । चालु आव २०८२ /८३ मा भने साबिक कर्मचारीलाई प्रदान गरिँदै आएको तीन हजार रुपियाँ महँगी भत्तालाई बढाएर पाँच हजार रुपियाँ बनाइएको थियो ।

अर्थ मन्त्रालयले पनि आगामी आवदेखि कर्मचारीको तलब वृद्धि हुन सक्ने सङ्केत गरेको छ । मन्त्रालयका प्रवक्ता अमृत लम्सालले आगामी आवमा कर्मचारीको तलब बढ्नु निजामती सेवा ऐन अनुसार समयसान्दर्भिक नै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर सरकारको राजस्व वृद्धि गर्नुपर्ने अवस्था छ । अर्कातिर नयाँ सरकार बनेकाले तलब वृद्धि हुने अपेक्षा कर्मचारीको पनि छ । त्यसो हुँदा सरकारले वित्तीय अवस्थालाई ध्यानमा राखेर उपयुक्त निर्णय गर्न सक्छ ।”

सरकारले अहिले साबिकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटामा झारेको छ । करिब छ सय वटा कार्यालय खारेज हुने सम्भावना भएकाले विगतमा भन्दा आगामी आवमा ठुलो रकम प्रशासनिक खर्चमा कटौती हुने सम्भावना छ । दरबन्दी घट्दा र कार्यालय खारेज हुँदा बचेको रकमलाई कर्मचारीको तलब वृद्धि गर्नमा खर्चिन सकिने गरी तलब वृद्वि गर्ने आन्तरिक तयारी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तलब पुनरवलोकन समितिले सरकारलाई कर्मचारीको तलब वृद्धि गर्ने गरेको सिफारिसका आधारमा भन्दा पनि राज्यको आर्थिक अवस्थाका आधारमा सरकारले कर्मचारीको तलब वृद्धि गर्ने जनाएको छ । उक्त मन्त्रालयका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्ने प्रवक्ता एकदेव अधिकारीले मुख्य सचिवको संयोजकत्वमा रहेको तलब पुनरवलोकन समितिको बैठक बसेको तर उक्त समितिले सरकारलाई के के विषयमा सिफारिस गरेको हो त्यो भने जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष सरकारले तलब वृद्धि नै नगरे पनि महँगी भत्ता वा कतिपय अवस्थामा सवारीचालकको भन्दा खरिदारको तलब कम छ । यस्तो तलबलाई सरकारले समायोजन गर्ने तयारी छ ।”

अर्थ मन्त्रालयमा हालसम्म कर्मचारीको तलब वृद्धि गर्ने औपचारिक निर्णय नभए पनि बजेटको अन्तिम चरणमा यस विषयमा ठोस निर्णय हुन सक्ने जनाइएको छ । मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको तलब भत्ता पुनरवलोकन समितिले राजस्व वृद्धि, महँगी र बजार मूल्यलाई आधार मानेर सरकारलाई सिफारिस गरिएको जनाइएको छ ।

अहिले निजामती कर्मचारीमा कार्यालय सहयोगीको तलब २४ हजार ७०२ रुपियाँ र मुख्य सचिवको तलब ७७ हजार २११ रुपियाँ रहेको छ । यसअगाडि पनि विभिन्न निजामती कर्मचारीले कर्मचारीको आधारभूत तलब ३८ हजार ८६२ रुपियाँ हुनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै कर्मचारीले कर्मचारीको तलबसँगै स्वास्थ्य, आवास, सामाजिक सुरक्षा, पेन्सन, डिजिटल प्रशासनमा सुधारलगायतको माग गर्दै आएका छन् ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.