काठमाडौं । निर्देशक चन्द्र पन्त को निर्देशनमा निर्माण हुन लागेको फिल्म आ बाट आमा २ मा अभिनेत्री निकिता आचार्य अनुबन्ध भएकी छन्। निर्माण पक्षले बिहीबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरेको हो।
निर्देशक तथा निर्माता चन्द्र पन्तले निकितालाई फिल्ममा स्वागत गर्दै उनी महत्वपूर्ण भूमिकामा देखिने जानकारी दिएका छन्। निकिताले यसअघि पनि केही नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्।
आगामी असोज ३० गते, दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा यसअघि नै पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्का अनुबन्ध भइसकेका छन्।
फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले तयार गरेका हुन्। आरआर फिल्म्स ले नेपालभर वितरण गर्ने फिल्मको डिजिटल अधिकार भने ओएसआर ले लिएको छ।
आर्या इन्टरटेन्टमेन्ट प्राली को ब्यानरमा निर्माण हुने फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।


