• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ठूला व्यवसायीमाथि एकैसाथ मुद्दा, गोल्छा–भट्ट–अग्रवालविरुद्ध अर्बौंको बिगो दाबी

  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको लामो अनुसन्धानपछि चर्चित उद्योगी तथा व्यवसायीहरूमाथि ठगी, बैंकिङ कसुर, धितोपत्र उल्लंघन र आर्थिक अनियमिततासम्बन्धी विभिन्न मुद्दा दायर भएका छन्।

व्यवसायी दिपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहित दर्जनौं व्यक्तिविरुद्ध जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन तथा विशेष अदालतमा छुट्टाछुट्टै अभियोगपत्र दर्ता गरिएको हो।

बीमा ऐन, २०७९ विपरीत आर्थिक अनियमितता गरेको आरोपमा शेखर गोल्छा, दिपक भट्ट, सुलभ अग्रवालसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। सो प्रकरणमा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दाहालसमेत मुछिएका छन्।

जिल्ला अदालत काठमाडौंमा दायर गरिएको मुद्दाअनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित शेखर गोल्छासहित १० जनाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। यस्तै, भृकुटी ब्रोकिङ कम्पनीसँग आबद्ध सन्दिप चाचान अग्रवाल, सुधा कर्ण, राजिव ठाकुर र सुलभ अग्रवालसहितका प्रतिवादीविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाविरुद्ध १६ करोड १७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ भने दिपक भट्टविरुद्ध मात्रै २ अर्ब ८९ करोड २० लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।

यसैबीच, धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा ८१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दायर गरिएको छ। त्यस्तै, उच्च अदालत पाटनमा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ, जसमा ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र अग्रवाल समूहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै मुद्दासमेत दायर गरेको छ।

लामो समयदेखि अनुसन्धानको दायरामा रहेका प्रभावशाली व्यवसायीहरूमाथि एकैसाथ यति ठूलो परिमाणमा कानुनी कारबाही अघि बढाइएपछि व्यावसायिक तथा बैंकिङ क्षेत्रमै व्यापक चर्चा सुरु भएको छ। अदालतमा मुद्दा दर्ता भएसँगै अब यी बहुचर्चित प्रकरणहरूको कानुनी परीक्षण अगाडि बढ्ने भएको छ।

बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.