• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पुँजीगत खर्चमा उच्च प्राथमिकता

  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित

विराटनगर, असार १ गते । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ ।

चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १२.७४ प्रतिशतले ठूलो बजेट प्रस्तुत गर्दै उहाँले कोशी प्रदेश सरकारले कृषि, उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मन्त्री लिङ्थेपले प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणलाई तीव्रता दिन उत्पादनशील क्षेत्रको विकास, सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि तथा लगानीमैत्री वातावरण निर्माणमा बजेट केन्द्रित गरिएको बताउनु भयो । उद्योग तथा निजी क्षेत्रको सहभागिता बढाउन थप लगानीका क्षेत्र पहिचान गरी आवश्यक प्रबन्ध मिलाइएको उहाँको भनाइ छ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ अर्थात् ३४.५५ प्रतिशत, पुँजीगततर्फ २० अर्ब ७५ करोड ११ लाख रुपैयाँ अर्थात् ५१.३२ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ अर्थात् ०.३७ प्रतिशत विनियोजन गरिएको छ। कुल विनियोजनमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले आगामी वर्ष कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनलाई विशेष प्राथमिकता दिएको छ । कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने, किसानको आयस्तर उकास्ने तथा कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

यसैगरी सडक, पुल, सिंचाइ, खानेपानी तथा ऊर्जा पूर्वाधार निर्माणका कार्यक्रमलाई निरन्तरता दिइएको छ भने प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको छ ।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमार्फत आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारले लिएको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका कार्यक्रममार्फत प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बजेटमा समेटिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि पनि बजेटले विशेष जोड दिएको छ । सार्वजनिक विद्यालयको शैक्षिक स्तर उकास्ने, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार गर्ने, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

सुशासन, क्षमता विकास तथा सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ । सार्वजनिक निकायको संस्थागत क्षमता विकास, प्रविधिमैत्री सेवा प्रवाह तथा उत्तरदायी शासन प्रणाली निर्माणमा यो बजेट खर्च गरिने छ ।

आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ, सशर्त अनुदानबाट ५ अर्ब १५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ८४ करोड रुपैयाँ तथा विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

मन्त्री लिङ्थेपले प्रस्तुत गरेको बजेटले उत्पादन र विकासमुखी क्षेत्रलाई प्राथमिकता दिँदै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेको छ । पुँजीगत खर्चलाई कुल बजेटको आधाभन्दा बढी हिस्सा छुट्याइएकाले आगामी वर्ष प्रदेशमा विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ ।

सोमबार, असार ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.