• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

दिगो शान्तिको अपेक्षा

  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित

काठमाडौँ, असार ४ गते । संयुक्त राज्य अमेरिका–इरान शान्ति सम्झौताको घोषणापछि विश्वका अधिकांश मुलुकले शान्तिको सास फेरेका छन् । लामो युद्धका कारण विश्वका अधिकांश मुलुकको जनजीवनमा नराम्रो असर परिरहेका बेला दुई देशबिच भएको शान्तिवार्ताले विश्व समुदायमा खुसीको सन्देश छरेको छ ।

युद्धको राप र तापको नकारात्मक असर भोगिरहेको विश्व समुदायमा युद्ध अन्त्यको घोषणासँगै हस्ताक्षर हुने शान्तिसम्झौताले तमाम नकारात्मक असरबाट बाहिरिने सम्भावना जगाएको टिप्पणी विभिन्न मुलुकले गरिरहेका छन् । गत फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँग मिलेर इरानमा आक्रमण गरेपछि कडा युद्ध सुरु भएको थियो । दुई दिनअघि युद्धविरामको अनौपचारिक घोषणा भएको शान्ति सम्झौतालाई यही शुक्रबार स्विट्जरल्यान्डमा हुने द्विपक्षीय वार्तामा हस्ताक्षर गरिँदै छ । त्रिभुवन विश्वविद्यालयस्थित द्वन्द्व, शान्ति तथा विकास केन्द्रीय विभागका उपप्राध्यापक चिरञ्जीवी भण्डारीका अनुसार अमेरिका र इरानबिचको शान्ति सम्झौताले विश्वमा आशा जगाएको छ । इरान र अमेरिकाबिचको शान्ति सम्झौता आइसब्रेक मात्र भएको टिप्पणी उहाँ गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “विश्वमा द्वन्द्व भइरह्यो भने त्यसले आममानिसमा त्रास र भय उत्पन्न गराइरहन्छ, यस युद्धको अन्त्यले थोरै अस्थायी आशा जगाएको अवस्था हो ।” पूर्ण आशाको कडी भने सम्झौताको दिगो कार्यान्वयनसँग जोडिएकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको छ ।

भविष्यमा हुने सम्झौताको कार्यान्वयन कसरी हुन्छ भन्ने कुराले महìवपूर्ण अर्थ राख्ने उहाँको तर्क छ । विश्वमा विभिन्न देशबिच बढेको युद्ध र द्वन्द्वको शृङ्खला केवल एकअर्कालाई कमजोर साबित गराउने माध्यम मात्र नभएर समग्र विश्वको शासकीय प्रणालीको नयाँ स्वरूप पहिल्याउने आधार रहेको भण्डारी औँल्याउनुहुन्छ । उहाँका अनुसार दोस्रो विश्वयुद्धपछि अमेरिका एक मात्र विश्वको शक्तिशाली मुलुक मानिँदै आएको छ । जुन बढी जसो विगतको भौतिक पूर्वाधार तथा आर्थिक विकासको जगमा अडिएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समय विश्वका विभिन्न मुलुकमा प्रविधिको उच्च विकास हुँदा भौतिक शक्तिबाट विश्वको शक्ति प्रविधि र सूचनाजन्य तथ्यतर्फ मोडिएको अवस्था छ ।”

यस्तोमा एसियामा चीनको द्रुत विकास, युरोपको विकास अग्रसरतासँगै साना मुलुक पनि उच्च प्रविधितर्फ आकर्षित हुँदै गएका छन् । यसले भूराजनीतिक अवस्था एक स्थानबाट अर्को स्थानतर्फ चलायमान हुन खोजेको सङ्केत देखाउँदै गर्दा शक्तिशाली मुलुकले थप बलियो देखिनका लागि पनि युद्ध र द्वन्द्वमा अग्रसरता देखाउने गर्छन् ।

युद्धरत पक्षबिच नै मतैक्यता नरहेको तथ्य बाहिर आइरहेकाले ढुक्क हुने अवस्था भने छैन । युद्धको प्रभाव विदेशमा काम गरिरहेका कामदारको सुरक्षा, विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध, मुद्रास्फीति, विश्वव्यापी जनपरिचालन रोकिएको अवस्थासँगै आर्थिक विकासका सूचकमा गम्भीर तवरले परेको छ । अस्थायी आशालाई दिगो शान्तिमा रूपान्तरण गर्न युद्धरत पक्षको सम्झौता कार्यान्वयनमा गहन तत्परता नै वर्तमान र भविष्यको आवश्यकता भएको उहाँको ठहर छ ।

उहाँले भन्नुभए जस्तै सन् २०२५ लाई विश्वशान्ति सूचकाङ्कले दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी युद्ध र द्वन्द्व भएको वर्षका रूपमा औँल्याएको छ । सन् २०२६ लाई पनि उक्त सूचकले अशान्तिपूर्ण मानेको छ । जसले विश्वव्यापी शान्ति लगातार १२ औँ वर्षमा बिग्रिएकै  अवस्थामा रहेको उल्लेख  गरेको छ । जुन दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक अवधिमा पुगेको जनाएको छ । जसले विश्वमा ठुलो खण्डीकरणको अवस्था सिर्जना गराउँदै अन्तर्राष्ट्रिय प्रणाली कमजोर बन्दै र भूराजनीतिक द्वन्द्व तीव्र हुँदै गएको उल्लेख गरेको छ । बाह्य द्वन्द्वमा संलग्न देशको सङ्ख्या सन् २००८ मा ५९ वटा रहेकामा दोब्बरले बढेर सन् २०२६ मा १०३ पुगेको सूचकाङ्कले देखाएको छ । यसले क्षेत्रीय धु्रवीकरणलाई पनि बढावा दिएको छ । विगत एक वर्षमा विश्वका आठ क्षेत्रमध्ये सात वटामा शान्ति खस्किएको अवस्थामा छ । जसमा दक्षिण एसिया क्षेत्रले सबैभन्दा ठुलो घाटा अनुभव गरेको छ । जसले नेपाल, भारत र पाकिस्तानलगायतका देशमा पनि प्रभाव परेको उक्त सूचीले औँल्याएको छ ।

कार्यान्वयनमा आशङ्का  

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि इरान र अमेरिकाबिचको शान्तिसम्झौतालाई कार्यान्वयन हुने वा नहुनेतर्फ लक्षित गर्दै फरक मत देशगत रूपमा दर्शाइरहेका छन् । अधिकांश मुलुकले सम्झौताको नाजुक प्रकृतिलाई लक्षित गर्दै अनिश्चिततायुक्त आशाको किरण जस्तै मिश्रित रहेको प्रतिक्रिया दिइरहेका छन् । तथापि तत्कालीन राहतको सास भने सबैले फरेको बिबिसी, सिएनएन, अल जजिरालगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । इजरायली सरकारले अमेरिका–इरान सम्झौताका प्रमुख सर्तलाई कडा रूपमा अस्वीकार गर्दै टिप्पणी गरेको छ ।

आगामी वार्तामा विश्वको ध्यान

स्विट्जरल्यान्डमा हुने आगामी वार्ताले अन्तिम लक्ष्य निर्धारण कसरी होला भन्ने शङ्कामा विश्वको ध्यान केन्द्रित छ । तथापि संयुक्त राष्ट्रसङ्घले हर्मुज जलमार्ग तत्काल खुला गर्ने उद्देश्यले भएको सम्झौताको स्वागत गरेको छ । उसले दुवै देशलाई स्थायी शान्तिवार्ता गर्न ६० दिनको समयसीमामा बाँधिएर काम गर्न र लेबनानमा रहेको सेना हटाउन पनि निर्देशन दिएको छ । अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी हटाउने प्रतिबद्धता पूरा गर्न पनि भनेको छ ।

बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.