• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अमेरिका, जापानपछि हङकङमा पनि बिक्यो ‘आ बाट आमा २’

  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ ०९
आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गर्न थालेको छ। चलचित्रको हङकङ प्रदर्शन अधिकार आधिकारिक रूपमा बिक्री भएको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार हङकङमा चलचित्र प्रदर्शनको अधिकार श्री स्वर्णिम कम्युनिकेसन प्रालिले खरिद गरेको हो। चलचित्रको छायांकन पूर्ण रूपमा नसकिँदै विदेशी बजारबाट आएको सकारात्मक प्रतिक्रिया र व्यापारिक सम्झौताले निर्माण पक्षलाई थप उत्साहित बनाएको छ।

निर्देशक चन्द्र पन्तले हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको जानकारी दिँदै सम्झौतासम्बन्धी आर्थिक विवरण भने हाल सार्वजनिक नगर्ने बताए। उनका अनुसार समयअनुसार थप विवरण सार्वजनिक गरिनेछ।

गत वर्ष प्रदर्शन भएर दर्शकबाट राम्रो प्रतिक्रिया पाएको ‘आ बाट आमा’ को सफलतापछि यसको सिक्वेलप्रति स्वदेशसँगै विदेशमा पनि उत्साह देखिएको छ। यही कारण चलचित्र प्रदर्शनअघि नै विभिन्न देशका वितरकहरूले चासो देखाइरहेका छन्।

यसअघि चलचित्रको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको वितरण अधिकार डोको फिल्म्सले आफ्नो पक्षमा पारिसकेको छ। प्रमुख अन्तर्राष्ट्रिय बजारमा लगातार अधिकार बिक्री हुनु चलचित्रप्रतिको विश्वास र अपेक्षाको संकेत मानिएको छ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडाको अभिनय रहनेछ।

निर्देशक चन्द्र पन्तकै कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रको निर्माण व्यवस्थापन करणसिंह रसालीले सम्हालिरहेका छन्।

‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भन्ने मूल भावमा आधारित चलचित्रले वैदेशिक रोजगारी र परिस्थितिका कारण टाढिएका आमा–सन्तानबीचको भावनात्मक सम्बन्ध, पीडा र प्रतिक्षाको कथा प्रस्तुत गर्नेछ।

नेपालभित्र चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.