• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘पार्वती’को ‘नौतुना रेलैमा’मा टिकटक बनाएर जित्नुहोस् ५० हजार रुपैयाँ

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली फिल्म ‘पार्वती’ले दर्शकलाई लक्षित गर्दै विशेष टिकटक प्रतियोगिता घोषणा गरेको छ। फिल्मको चर्चित रत्यौली गीत ‘नौतुना रेलैमा’मा भिडियो बनाएर सहभागी हुनेहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउने भएका छन्।

निर्माण कम्पनी नीता फिल्म्सका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक टिकटक भिडियो तयार गरी आफ्नो टिकटक खातामा पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा #पार्वती, #भाद्र१२ र #नौतुनारेलैमा ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

प्रतियोगिताका विजेतामध्ये प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसबाहेक उत्कृष्ट पाँच जना सहभागीलाई फिल्म हेर्न निःशुल्क टिकट प्रदान गरिनेछ। निर्माण पक्षका अनुसार भिडियोको सिर्जनशीलता र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिनेछ।

हालै सार्वजनिक भएको ‘नौतुना रेलैमा’ गीतले छोटो समयमै दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। विवाह समारोहमा खेलिने परम्परागत रत्यौलीलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ।

विशेषगरी, भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा प्रस्तुत भएकी छन् भने नीता ढुङ्गाना परम्परागत महिलाको पहिरनमा देखिएकी छन्। उनीहरूको रमाइलो अभिनय र नृत्यले गीतलाई अझ मनोरञ्जनात्मक बनाएको छ।

फिल्म ‘पार्वती’को कथा, पटकथा र निर्देशन नीता ढुङ्गानाले नै गरेकी हुन् भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका छन्। चलचित्रमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् भने नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन् भने हरिहर अधिकारी निर्माता हुन्।

यसैगरी, फिल्मको सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार पारेका छन्। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् भने वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरसँग रहेको छ।

आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘पार्वती’ले टिकटक प्रतियोगितामार्फत दर्शकसँग प्रत्यक्ष जोडिने प्रयास गरेको निर्माण पक्षको विश्वास छ।

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.