• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

स्वीडेनमाथि फ्रान्सको सहज जित, एम्बाप्पे विश्वकप इतिहासमा दोस्रो सर्वाधिक गोलकर्ता

  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित

काठमाडौं । कप्तान केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा स्वीडेनलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

न्यूयोर्क–न्युजर्सी स्टेडियममा सम्पन्न एकपक्षीय खेलमा एम्बाप्पेले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोल थपे। यो जितसँगै फ्रान्सले जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई पनि निरन्तरता दिएको छ।

समूह चरणदेखि नै उत्कृष्ट लयमा रहेको फ्रान्सले खेलको सुरुआतदेखि स्वीडेनमाथि दबाब कायम राखेको थियो। पहिलो हाफमै फ्रान्सले १५ पटक गोलको प्रयास गरेको थियो।

एम्बाप्पेको सुरुआती गोल अफसाइडका कारण रद्द भएको थियो भने अर्को प्रहार पोस्टमा लागेर फर्किएको थियो। त्यस्तै, माइकल ओलिसको आकर्षक ओभरहेड किक पनि गोलपोस्टमा लाग्दै गोल हुनबाट रोकिएको थियो।

लगातारको आक्रमणपछि पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्सले अग्रता बनायो। छोटो कर्नरबाट आएको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले डिफेन्डरहरूलाई छलाएर सटिक प्रहारमार्फत टोलीलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफमा पनि फ्रान्सको आक्रमण जारी रह्यो। ५३औँ मिनेटमा माइकल ओलिसको उत्कृष्ट पासमा ब्राडली बारकोलाले सहज फिनिसिङ गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

त्यसपछि ओलिसकै अर्को आकर्षक असिस्टमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–० को सहज जित सुनिश्चित गरे। स्वीडेनका गोलरक्षक ज्याकब विडेल जेटेरस्ट्रोमले जुल्स कुन्डे र ओलिसका केही उत्कृष्ट प्रहार बचाउँदै गोल अन्तर अझ फराकिलो हुनबाट जोगाएका थिए।

यस खेलमा दुई गोल थपेसँगै एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनको विश्वकप गोल संख्या १८ पुगेको छ, जसमा जारी संस्करणमा मात्रै उनले ६ गोल गरेका छन्। उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई पछि पारिसकेका छन्।

अब एम्बाप्पे सर्वाधिक १९ विश्वकप गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको कीर्तिमानभन्दा केवल एक गोलले मात्र पछाडि छन्।फ्रान्सले अब जुलाई ४ मा फिलाडेल्फियामा पाराग्वेसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

बुधबार, असार १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.