• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

झरना–सुहानादेखि दिव्यदेवसम्म, ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक

  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार एकैसाथ दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारलाई थप तीव्र बनाएको हो।

सार्वजनिक पोस्टरहरूले चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा आधारित रहेको संकेत गरेका छन्। पहिलो पोस्टरमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मालाई एउटै परिवारका सदस्यका रूपमा प्रस्तुत गरिएको छ।

घरको आँगनमा हाँस्दै सामूहिक तस्बिर खिचाइरहेको दृश्यले खुसी परिवारको झल्को दिन्छ। रातो माटोले लिपिएको घर, पारम्परिक परिवेश र साथमा देखिएको कुकुरले नेपाली गाउँघर तथा दसैँको माहोललाई जीवन्त बनाएको छ। पात्रहरूको पहिरन र प्रस्तुतीकरणले उनीहरू मध्यमवर्गीय परिवारका सदस्य रहेको संकेत गर्छ।

दोस्रो पोस्टरमा भने पहिलो पोस्टरको खुसी वातावरणभन्दा बिल्कुल फरक भाव प्रस्तुत गरिएको छ। झरना थापा र सुहाना थापाको अनुहारमा चिन्ता र कौतुहलता देखिन्छ भने दिव्यदेव पन्त र अनिल बुढाथोकीको अभिव्यक्तिमा आक्रोश झल्किएको छ। माओत्से गुरुङको रहस्यमय मुस्कानले भने उनको भूमिकाप्रति थप उत्सुकता जगाएको छ।

दुवै पोस्टरले एउटा सुखी परिवारमा अचानक आउने अप्रत्याशित घटनापछि उत्पन्न हुने संघर्ष, सम्बन्धका उतारचढाव र त्यसको समाधानको यात्रालाई केन्द्रमा राखिएको कथाको संकेत गर्छ।

निर्देशक हरि लम्सालका अनुसार चलचित्रको मुख्य विषय नेपाली समाजमा सन्तानको भविष्यका लागि एक बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौती हो।

चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको मुख्य भूमिका रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा कथा निर्देशक हरि लम्साल स्वयंले तयार गरेका हुन्। निर्माता वसन्त लम्साल हुन्, जसले यसअघि अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनमार्फत आशिष एच तामाङ र प्रदीप धामीले वितरण गर्नेछन्।

चलचित्र भदौ १९ गते, अर्थात् कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यादेखि देशभर प्रदर्शनमा आउनेछ।

सोमबार, असार २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.