जेठ २३ , पेरिस । अर्जेन्टिनाले आफ्नो उत्कृष्ट लय कायम राख्दै आइतबारको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियालाई ५–० ले पराजित गरेको छ । अर्जेन्टिनाका सबै पाँच गोल लियोनल मेसीले गरे ।
पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । उनले आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेयता ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल थपे । अर्जेन्टिनाले त्यस अगाडि युरोपेली च्याम्पियन इटालीलाई पनि ३–० ले हराएको थियो ।
तपाईको प्रतिक्रिया


