• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित

लमजुङ- ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ ।

पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छायाँ पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ दुबईबाट फर्किएर नगदेबालीमा लाग्नुभएको छ । उहाँले ४० रोपनीमा अलैँची खेती विस्तार गर्नुभएको छ । दाना र बिरुवा बिक्रीबाट उहाँले वार्षिक करिब रु १५ लाख बराबर आम्दानी गर्दै आउनुभएको छ ।

उहाँ नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक हुनुहुन्छ भने यसअघि लमजुङ शाखाको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।

उहाँका अनुसार केही वर्षअघि गाउँमै पर्याप्त आम्दानीको आधार नभएपछि रोजगारीका लागि गाउँ छाडेर सहर जानुपरेको थियो । अलैँची खेतीको सम्भावना देखेर उहाँ गाउँ फर्किनुभएको हो । अहिले यही व्यवसायबाट परिवारको खर्च धान्दै सम्मानजनक आम्दानी गर्न सफल भएको र गाउँमै बसेर पनि राम्रो भविष्य बनाउन सकिने उहाँले बताउनुभयो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङ पनि वैदेशिक रोजगारीबाट फर्किएर अलैँची खेतीमा सफल हुनुभएको छ । दश वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका उहाँले बेँसीसहर नगरपालिका–१० खाँचेमा २५ वर्षदेखि उक्त खेती गर्दै आउनुभएको छ ।

एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा विस्तार भएको छ । केही वर्षअघि रोगका कारण पुराना बोट हटाएर नयाँ बिरुवा लगाउनुपरे पनि अहिले बगान पुनः राम्रो अवस्थामा पुगेको छ । यस वर्ष उहाँले थप नयाँ बिरुवासमेत रोप्नुभएको छ ।

उहाँका अनुसार रोग लाग्नुअघि गाउँका धेरै किसानले वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्ने गरेका थिए । पछिल्ला केही वर्ष रोग र मूल्यका कारण आम्दानी घटे पनि यस वर्ष उत्पादन र मूल्य दुवैमा सुधार आएपछि किसान उत्साहित भएका छन् ।

सो खेतीबाट प्राप्त आम्दानीले उहाँले चितवनमा एक कट्ठा जग्गा खरिद गर्नुभएको छ भने गाउँमै चारकोठे घर निर्माण गर्नुभएको छ । विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कृषि व्यवसाय गर्दा कम दुःखमा राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँको छ ।

अलैँची खेतीकै कारण पहिले बाझिँदै गएका पाखापखेरा अहिले हराभरा बगानमा परिणत भएका छन् । गाउँ छाडेर गएका केही युवा पनि फर्किएर खेतीमा लाग्न थालेका छन् । यसले गाउँ उजाडिनबाट जोगाउनाका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर बढाएको उहाँले बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाकी चित्रमाया तामाङले चालु आर्थिक वर्षमा जिल्लामै सबैभन्दा बढी रु २० लाख बराबरको अलैँची बिक्री गर्नुभयो ।

जिल्लाका आस गुरुङ, कामरासी गुरुङ, दिलमाया गुरुङ र भुपाल कुँवरलगायतका किसानले पनि यस खेतीबाट वार्षिक रूपमा राम्रो आम्दानी गर्दै आउनुभएको छ । जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन र कारोबार मस्र्याङ्दी गाउँपालिकामा हुने गरेको उहाँको भनाइ छ ।

मर्स्याङ्दी गाउँपालिका–५ का गज घले पनि पाँच वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि अलैँची खेतीमा लाग्नुभएको हो । हाल सात रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विदेशको रोजगारी छाडेर आफ्नै गाउँमा अलैँची खेती गर्दै परिवारसँग बस्न पाउँदा सन्तुष्ट रहेको र आगामी दिनमा व्यवसायलाई अझ विस्तार गर्ने सोच रहेको उहाँले जानकारी दिनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष रोजगारी गरेपछि स्वदेश फर्किएर अलैंची खेतीलाई व्यावसायिक बनाउनुभएको हो । एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढीमा विस्तार भएको छ । यस वर्ष चार क्विन्टलभन्दा बढी अलैँची उत्पादन हुने र करिब रु आठ लाख आम्दानी हुने उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कम दुःखमा राम्रो आम्दानी गर्न सकिएको छ । अलैँची खेतीबाट घरपरिवारको खर्च धान्नुका साथै अन्य कृषि व्यवसाय विस्तार गर्न पनि सहज भएको उहाँको अनुभव छ ।

कम लगानी र तुलनात्मक रूपमा कम मिहिनेतमै राम्रो आम्दानी गर्न सकिने भएकाले अलैँची खेतीको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो । मूल्यमा हुने उतारचढाव, रोग व्यवस्थापन र उत्पादनमा आउने कमी अझै पनि कृषकका मुख्य चुनौतीका रूपमा छन् ।

केही वर्षअघि रोगका कारण धेरै बगान प्रभावित भए पनि अहिले नयाँ बिरुवा विस्तार भएसँगै उत्पादन क्रमशः सुधार हुँदै गएको छ । विगतका केही वर्ष मूल्य सन्तोषजनक नभए पनि यस वर्ष प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० बराबरको मूल्य पाएपछि किसान उत्साहित भएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० लाख बराबरको आम्दानी भएको छ । गत आर्थिक वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य बढेका कारण किसानको आम्दानी बढेको उहाँको भनाइ छ ।

छिमेकी मुलुक भारतमा समेत अलैँची उत्पादन घटेकाले माग बढ्दा यहाँका किसानले राम्रो मूल्य पाएका हुन् । कृषि अधिकृत मिजारका अनुसार उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तरीय बिरुवा उपलब्ध गराउने तथा प्राविधिक सहयोगलाई प्राथमिकताका साथ अघि बढाइएको छ । किसानलाई आवश्यक तालिम, सचेतनामूलक कार्यक्रम तथा विभिन्न सहयोग उपलब्ध गराउँदै सो खेतीको उत्पादन र गुणस्तर सुधारमा काम भइरहेको उहाँले बताउनुभयो ।

परियोजनाका अनुसार जिल्लामा हाल ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ भने ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ ।

मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई अलैँची जोन क्षेत्रका रूपमा घोषणा गरिएको छ ।

लमजुङमा ७०० देखि एक हजार २०० मिटर उचाइमा साउने, जिर्मले र डम्बरशाही, एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइमा गोलशाही तथा एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची खेती हुँदै आएको छ ।

अलैँची खेतीले लमजुङका किसानलाई आयआर्जनको भरपर्दो आधार दिएको छ । यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्न, बाँझो जमिनको सदुपयोग गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याएको छ ।

उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तर सुधार र स्थिर बजार सुनिश्चित गर्न सके ‘कालो सुन’ अलैँचीले आगामी दिनमा लमजुङको ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.