• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ निर्माण हुँदै

  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित

काठमाडौं – निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको यो चलचित्र रहस्य र अलौकिक कल्पनामा गहिरोसँग आधारित रहेको निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति तथा उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको हो।

चलचित्रको निर्देशन सञ्चारकर्मी समेत रहेका अनुभवी निर्देशक सुव्रत आचार्यले गर्नेछन्। चलचित्रको कथा सीता मायाले परिकल्पना गरेकी हुन् र उनी नै चलचित्रकी प्रस्तुत कर्ता पनि हुन्। दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने चर्चित छायाकार हरि हुमागाई चलचित्रका डिओपी रहने निश्चित भएको छ।

चलचित्रको मूल भाषा नेपाली रहने भए पनि यसलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले मलियालम र हिन्दी भाषामा समेत डबिङ गरिनेछ। चलचित्रका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलियालम चलचित्र उद्योगसँग आबद्ध रहेका छन्। मुख्य अभिनेतासम्बन्धी विस्तृत जानकारी केही समयपछि चलचित्रको अफिसियल फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा गरिने निर्माण पक्षले जनाएको छ। साथै, चलचित्रमा मलियालम चलचित्र उद्योगका केही कलाकार तथा प्राविधिकहरूको पनि सहभागिता रहने निर्देशक आचार्यले जनाए।

चलचित्रको पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य चर्चित लेखक शान बस्नेतले गरिरहेका छन्। चलचित्रको छायाङ्कन यसै वर्षको फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी भइरहेको छ।

निर्माण पक्षका अनुसार चलचित्रका अधिकांश प्रमुख भूमिकामा नेपाली कलाकारहरूको अभिनय रहनेछ। त्यसै गरी, छायाङ्कन टोलीसहित अधिकांश प्राविधिक टोली पनि नेपाली चलचित्र उद्योगकै रहनेछन्। चलचित्रको गीत–सङ्गीत समेत नेपाली सर्जकहरूले नै तयार गर्नेछन्।

करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको ‘हजारौँमा एक’ नेपाली चलचित्र उद्योगका लागि एउटा महत्त्वपूर्ण र भव्य परियोजनाका रूपमा हेरिएको छ। अलौकिक कल्पना, साहसिक यात्रा, एक्सन तथा आधुनिक चलचित्र प्रविधिको प्रभावकारी संयोजनमार्फत नेपालकै पर्यटकीय स्थलहरूमा छायाङ्कन गरि निर्माण हुने यस चलचित्रले स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने निर्माण पक्षको विश्वास रहेको छ।

शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.