• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘गौँथली’को व्यापार उकालोमा, सामाजिक सञ्जालमा दृश्य पोस्ट नगर्न निर्देशकको आग्रह

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

काठमाडौं । प्रदर्शनसँगै सकारात्मक चर्चा बटुलिरहेको नेपाली चलचित्र ‘गौँथली’ले बक्स अफिसमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ। पहिलो दिन औसत व्यापार गरेको चलचित्रले दोस्रो र तेस्रो दिन भने अपेक्षाभन्दा राम्रो व्यवसाय गर्दै बलियो ‘वर्ड अफ माउथ’को लाभ उठाएको निर्माण पक्षले जनाएको छ।

विश्वकप फुटबलको माहोल र निरन्तरको वर्षाका कारण दर्शकको उपस्थिति प्रभावित हुने अनुमान गरिए पनि ‘गौँथली’ले त्यसलाई चुनौती दिँदै सिनेमाघरमा उल्लेखनीय दर्शक तान्न सफल भएको छ। दर्शकको चाप बढेपछि देशभरका अधिकांश हलले चलचित्रका शोसमेत थपेका छन्।

निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र हेरेर बाहिरिएका दर्शकको सकारात्मक प्रतिक्रियाले पछिल्ला शोहरूमा दर्शक संख्या निरन्तर बढिरहेको छ।

उनले भने, “चलचित्र हेर्ने दर्शकले अरूलाई पनि हेर्न सिफारिस गरिरहनुभएको छ। त्यसैले विशेषगरी अपराह्न र साँझका शोहरूमा दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ।”

यसैबीच निर्देशक रिजालले चलचित्रका दृश्य खिचेर फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले दर्शकको माया र साथप्रति आभार व्यक्त गर्दै चलचित्रका दृश्य सार्वजनिक गर्दा अन्य दर्शकको उत्सुकता घट्ने र निर्माण पक्षलाई व्यावसायिक तथा सृजनात्मक क्षति पुग्ने बताएका छन्।

उनले चलचित्रका भिडियो वा दृश्य अनधिकृत रूपमा सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यविरुद्ध कानुनी प्रक्रिया अघि बढाइसकिएको जानकारी पनि दिएका छन्।

निर्देशक रिजालका अनुसार ‘गौँथली’ले श्रीमान्–श्रीमतीबीचको विश्वास, अन्यायविरुद्ध आवाज उठाउने साहस, संघर्ष, धैर्यता र छोरीको शिक्षाको महत्वलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। विशेषगरी महिलाको पीडा र आत्मसम्मानसँग जोडिएको कथाले धेरै दर्शकको मन छोएको प्रतिक्रिया आएको उनले बताए।

निर्माता सुमन गिरीका अनुसार मंगलबार पनि देशभरका अधिकांश हलमा चलचित्रको अकुपेन्सी उत्साहजनक रहेको छ। बिहानका शोमा ७०–८० प्रतिशतसम्म र दिउँसो तथा साँझका धेरै शोहरूमा शतप्रतिशत अकुपेन्सी देखिएको उनले जानकारी दिए।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर वितरण गरिरहेका छन्।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.