• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘गौँथली’लाई दर्शकको साथ, दोस्रो सातामा बढ्यो शो र व्यापार

  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित

काठमाडौं । सकारात्मक प्रतिक्रियासँगै नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकबाट राम्रो साथ पाएपछि देशभर यसको शो संख्या निरन्तर बढिरहेको निर्माण पक्षले जनाएको छ।

सुरुवातमा करिब २०० शो पाएको ‘गौँथली’ अहिले २५० भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ। अधिकांश सिनेमाघरमा दर्शकको उपस्थिति बढ्दै गएपछि शो विस्तार गरिएको हो।

चलचित्रको व्यापार पनि उत्साहजनक रहेको निर्माण टिमको दाबी छ। यद्यपि, आधिकारिक बक्स अफिस तथ्यांक भने हालसम्म सार्वजनिक गरिएको छैन।

निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र विकास बोर्डले प्रत्येक सोमबार आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले आफ्नै तथ्यांक सार्वजनिक नगरेको हो।

उनले भने, “यसपटक धेरैको अपेक्षाभन्दा राम्रो बक्स अफिस नतिजा आउने विश्वास गरेका छौं। आधिकारिक विवरण बोर्डले सार्वजनिक गरेपछि सबै स्पष्ट हुनेछ।”

रिलिजको पहिलो दिन औसत देखिएको दर्शक उपस्थिति त्यसपछिका दिनमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी दिउँसो र साँझका अधिकांश शोमा उच्च अकुपेन्सी देखिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रको प्रचारप्रसारलाई प्रभावकारी बनाउन कलाकार र निर्माण टोली काठमाडौं उपत्यकासँगै मोफसलका विभिन्न सिनेमाघर पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। दर्शकले ‘गौँथली’लाई मौलिक कथावस्तु बोकेको पारिवारिक चलचित्रका रूपमा प्रशंसा गरिरहेका छन्। एउटै परिवारका १०–१५ जनासम्म समूहमा फिल्म हेर्न आउने क्रम पनि बढेको निर्माण पक्षको भनाइ छ। साथै, हलहरूमा महिला दर्शकको उपस्थिति उल्लेखनीय रहेको बताइएको छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्।

घर, परिवार, सम्बन्ध र आत्मीयताको कथालाई केन्द्रमा राखिएको ‘गौँथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गरिरहेका छन्।

शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.