• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित

काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा उत्कृष्ट व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० दिनमै चलचित्रले ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गर्दै यस वर्षकै सफल नेपाली चलचित्रमध्ये आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ।

चलचित्र विकास बोर्डको ‘सिनेपा: बक्स अफिस’ प्रणालीले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘गौंथली’ले प्रदर्शनको पहिलो १० दिनमा उल्लेखनीय कमाइ गरेको हो। यस अवधिमा देशभरका सिनेमाघरबाट २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएका छन्, जसले दर्शकको उत्साहजनक साथलाई पुष्टि गरेको छ।

दोस्रो सातामा पनि चलचित्रको व्यापारिक गति कमजोर भएको छैन। प्रदर्शनको दोस्रो शनिबार मात्रै ‘गौंथली’ले १ करोड ६५ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सर्वाधिक व्यापारको कीर्तिमान कायम गरेको छ। आइतबार पनि चलचित्रले करिब डेढ करोड रुपैयाँ बराबरको व्यापार गर्दै आफ्नो लय कायम राख्यो।

हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ। पहिलो स्थानमा रहेको ‘लालीबजार’लाई उछिन्ने सम्भावना पनि बलियो देखिएको छ। वर्तमान व्यापारिक गति कायम रहे यसै साताभित्र चलचित्र १० करोड क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ।

प्रदर्शनको पहिलो दिन औसत अकुपेन्सी देखिए पनि त्यसपछिका दिनमा दर्शकको चाप उल्लेखनीय रूपमा बढ्दै गएको छ। धेरैजसो हलमा चलचित्र हाउसफुल भइरहेको छ। कलाकार र निर्माण टोली काठमाडौंसहित विभिन्न मोफसलका सिनेमाघर पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। दर्शकले चलचित्रलाई पारिवारिक, मौलिक र भावनात्मक भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी महिलाको उपस्थिति उल्लेखनीय देखिएको छ भने एउटै परिवारका १०–१५ जनासम्म समूह बनाएर चलचित्र हेर्न पुगेका उदाहरण पनि देखिएका छन्।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’ले निर्देशकका रूपमा उनको सफल सुरुवात गराएको छ। चलचित्रको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयले दर्शकको मन जित्न सफल भएको निर्माण पक्षको विश्वास छ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता तथा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन्।

चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौंथली’को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरिरहेका छन्।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज
आज साउन ११ साउनको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.