• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टले नयाँ नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’ निर्माणको औपचारिक घोषणा गरेको छ। सोमबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको शीर्षक र प्रारम्भिक अवधारणा सार्वजनिक गरेको हो।

चर्चित लेखक बुद्धिसागरको लेखनमा बन्ने यस चलचित्रको निर्देशन सौरभ चौधरीले गर्नेछन्। चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।

सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्रको कथावस्तुप्रति दर्शकको उत्सुकता बढाएको छ। पोस्टरमा आगोको लप्का, घोडामा सवार योद्धाहरू, राजसी पोशाकमा देखिएका पात्र तथा पुरानो समयको झल्को दिने दृश्यहरू समावेश छन्। रातो झण्डाजस्तो कपडाले विद्रोह, संघर्ष वा क्रान्तिको संकेत गरेको देखिन्छ भने समग्र पोस्टरले सत्ता, युद्ध र परिवर्तनको कथा प्रस्तुत हुने आभास गराउँछ।

निर्माण पक्षका अनुसार ‘द राइज अफ साम्राज्य’ एक्सन–ड्रामा जनराको चलचित्र हुनेछ। पछिल्ला चलचित्रमा एक्सन र प्रस्तुतीकरणका कारण चर्चा बटुलेका निर्देशक सौरभ चौधरी यसपटक अझ ठूलो स्केलमा चलचित्र निर्माण गर्न लागेका हुन्।

कार्यकारी निर्माता शंकर पाण्डेले यो चलचित्र नेपाली चलचित्र उद्योगकै सबैभन्दा ठूलो स्केलका ‘एपिक एक्सन ड्रामा’मध्ये एक हुने दाबी गरेका छन्। उनका अनुसार निर्माण, कथा र प्रस्तुतिको स्तरमा चलचित्रलाई विशेष रूपमा तयार गरिनेछ।

हाल निर्माण टिमले निर्देशक, लेखक, निर्माता र प्रमुख प्राविधिक टोलीको नाम सार्वजनिक गरे पनि कलाकारको लाइनअप भने गोप्य राखिएको छ। कलाकारहरूको नाम केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिइएको छ।

चलचित्रको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। करिब ७० दिनको छायांकन तालिका तय गरिएको छ, जसअन्तर्गत अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछन्।

निर्देशक सौरभ चौधरीले प्रदर्शन मितिबारे अहिले नै हतार नगर्ने बताएका छन्। उनका अनुसार छायांकन र पोस्ट–प्रोडक्सन सम्पन्न भएपछि मात्रै उपयुक्त समय हेरेर रिलिज मिति घोषणा गरिनेछ।

चलचित्रमा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डीसीएन आधिकारिक वितरकका रूपमा आबद्ध छन्।

‘द राइज अफ साम्राज्य’ले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई चित्रण गर्ने हो वा काल्पनिक साम्राज्यको कथा भन्ने विषय भने निर्माण टिमले खुलाएको छैन। यद्यपि सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्रलाई वर्षकै बहुप्रतीक्षित परियोजनामध्ये एक बनाएको छ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • २.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ३.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ४.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ७.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ८.
    आज साउन ११ सोमबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.