• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्रमा साइकोलोजिकल मिस्ट्री थ्रिलर विधाको नयाँ प्रयोग गर्ने लक्ष्यसहित चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ। निर्माण टिमले रहस्यमय थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिएको हो।

‘पञ्चमी’मार्फत लामो समयदेखि पर्दापछाडि रहेर नेपाली सिनेमामा सक्रिय सौगात बस्नेतले निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्। उनले यसअघि दीपेन्द्र के. खनालसहितका निर्देशकसँग प्रमुख सहायक निर्देशक  र कार्यकारी निर्माताका रूपमा काम गरिसकेका छन्।

सार्वजनिक गरिएको पोस्टरमा पुरानो टाइपराइटरमा लेखिएको ‘पञ्चमी’ शीर्षक, त्रिशूल, दुई नाग, शीर्षकलाई घेरेका पाँचवटा वृत्त, नाग अंकित रहस्यमयी लकेट र माथि रहेको शुक्ल पक्षको अर्धचन्द्र समावेश छन्। निर्देशक बस्नेतका अनुसार पोस्टरमा रहेका यी सबै प्रतीक चलचित्रका पात्र र कथासँग प्रत्यक्ष रूपमा जोडिएका छन्, जसको अर्थ चलचित्र हेरेपछि मात्र खुल्नेछ।

पोस्टरमा राखिएको ‘I Hate Whoever Comes Late’ भन्ने वाक्यले पनि दर्शकमा थप जिज्ञासा पैदा गरेको छ। यो संवाद कसले, किन र कुन सन्दर्भमा बोलेको हो भन्ने विषय निर्माण टिमले अहिले गोप्य राखेको छ।

निर्देशक बस्नेतले पोस्टरमा देखिएका प्रतीकहरू अहिले केही रहस्यमय लागे पनि चलचित्रको कथासँगै सबै कुरा स्पष्ट हुँदै जाने बताए। उनका अनुसार ‘पञ्चमी’ दर्शकलाई अन्तिमसम्म रहस्यमा बाँधेर राख्ने साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ।

चलचित्र कुनै मौलिक कथा नभई एक चर्चित उपन्यासमा आधारित रहेको जनाइएको छ। तर, कुन लेखकको कुन कृतिलाई आधार बनाइएको हो भन्ने विषय अहिले सार्वजनिक गरिएको छैन।

निर्माण पक्षले कलाकार, पटकथाकार तथा अन्य प्राविधिक टोलीको नाम पनि हाल गोप्य राखेको छ। ती सबै विवरण क्रमशः सार्वजनिक गरिने र छिट्टै चलचित्रको पहिलो झलक पनि दर्शकमाझ ल्याइने निर्देशक बस्नेतले जानकारी दिएका छन्।

रहस्यमय पोस्टर, फरक विधा र नयाँ निर्देशकको प्रस्तुतीकरणका कारण ‘पञ्चमी’ घोषणा भएसँगै नेपाली चलचित्र वृत्तमा चर्चाको विषय बनेको छ। पोस्टरमा समावेश गरिएका पाँच प्रतीक र शीर्षकबीचको सम्बन्धले दर्शकमाझ चलचित्रप्रति उत्सुकता झन् बढाएको छ।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.