• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सामाजिक–कमेडी चलचित्र ‘पच्चीस पच्चीस’ निर्माण घोषणा, सुब्रत आचार्यको निर्देशनमा बन्ने

  •   मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

काठमाडौं – नयाँ नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो।

चलचित्रलाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका परिपक्व निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दैछन्। विगतमा ‘अधकट्टी’, ‘सुश्री सम्पत्ती’ जस्ता चलचित्र र थुप्रै म्युजिक भिडियोहरू निर्देशन गरिसकेका आचार्यको यो तेस्रो चलचित्र हो।

चलचित्रका निर्माता कर्ण कार्की हुन्, जो व्यवसायिक वृत्तमा एक स्थापित र विविधीकृत लगानीकर्ताका रूपमा चिनिन्छन्। बैंक, क्याफे, सलुन, तथा एक्स्पोर्ट/इम्पोर्ट जस्ता विभिन्न व्यापारिक क्षेत्रमा लगानी फैलाएका कार्कीले गत वर्ष ‘होस्टेल ३’ मार्फत चलचित्र निर्माणमा पाइला चालेका थिए। यो उनको चलचित्र यात्राको दोस्रो महत्वाकांक्षी प्रोजेक्ट हो।

चलचित्रको सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतम ‘माइकल’ले सम्हालेका छन्। लाइन प्रोड्युसरका रूपमा प्रकाश कँडेल र मनिषा राउत छन्।

चलचित्रमा अबिषेक खड्का र खुसी कार्कीको मुख्य अभिनय रहनेछ। साथमा नेपाली सिनेमा क्षेत्रका प्रखर एवं भर्सटायल अभिनेता प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। यस चलचित्रको अर्को ठूलो आकर्षण सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय दार्जिलिङ (भारत)का चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर भक्ते भाइको नामले परिचित अमित सुब्बाको डेब्यु रहनु हो। ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत रैथाने र हँसाउने ठेट शैलीका भिडियो बनाएर नेपाल, दार्जिलिङ र सिक्किम क्षेत्रका लाखौँ दर्शकको मन जितेका अमितलाई यसै चलचित्रमार्फत नेपाली रजतपटमा भित्र्याइँदैछ।

चलचित्रको कथा सुब्रत आचार्य र जयाको रहेको छ भने पटकथा लेखन सुशील देवकोटाले गरेका हुन्। हरि हुमागाईंले यस चलचित्रको छायांकन निर्देशन गर्दैछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहनेछ।

छिट्टै नै छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रले भरपुर मनोरञ्जनका साथै एउटा उत्कृष्ट सामाजिक-कमेडी कथा पस्कने दाबी निर्माण पक्षले गरेको छ। निर्देशक आचार्यले यो चलचित्र नेपाली माटो सुहाउदो हुने बताए। कलाकारहरू पनि यो चलचित्रलाई लिएर उत्साहित देखिए।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.