• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमको दाबी

  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेको र उनलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

इजरायली च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतलाई उद्धृत गर्दै खामेनीको अवस्था ‘अत्यन्त गम्भीर’ रहेको खबर सार्वजनिक गरेको छ। यसअघि ‘जेरुसेलम पोस्ट’ले पनि खामेनीको स्वास्थ्य अवस्थाबारे यस्तै दाबी सार्वजनिक गरेको थियो।

च्यानल १४ ले इरानवायर तथा राष्ट्रपति मसुद पेजेस्कियानको प्रशासननिकट स्रोतलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको जनाएको छ। ‘जेरुसेलम पोस्ट’ले उद्धृत गरेको एक स्रोतले उनको अवस्थालाई लिएर थप चिन्ता व्यक्त गर्दै चाँडै दुःखद खबर आउन सक्ने दाबी गरेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि मोज्तबाले नेतृत्व सम्हालेको बताइएको छ। सर्वोच्च नेता बनेयता भने उनी सार्वजनिक रूपमा निकै कम देखिएका छन्। उनका लिखित वक्तव्यसमेत अन्य अधिकारीमार्फत सार्वजनिक हुँदै आएका छन्।

अमेरिका–इरानबीचको संघर्षका क्रममा मोज्तबा सार्वजनिक रूपमा नदेखिएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अनुमान भइरहेका छन्। केही रिपोर्टमा संयुक्त आक्रमणको सुरुवाती दिनमै उनी घाइते भएको र त्यसपछि सार्वजनिक गतिविधिबाट टाढा रहेको दाबी गरिएको छ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा मोज्तबा खामेनीसँग प्रत्यक्ष सम्पर्क तथा अन्तरक्रिया अहिले ‘निकै कठिन’ रहेको बताएका थिए। उनको यो अभिव्यक्तिपछि खामेनीको स्वास्थ्य अवस्थाबारे थप प्रश्न उठेका छन्।

यसअघि पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खामेनीको स्वास्थ्य र नेतृत्व क्षमताबारे विभिन्न दाबी सार्वजनिक हुँदै आएका छन्। जुलाईमा साउदी समाचार संस्था अल–हदाथले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै खामेनी इरानमै नरहेको दाबी गरेको थियो।

त्यसै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानको शीर्ष सैन्य नेतृत्व समाप्त पारिएको र खामेनीको अवस्था पनि अत्यन्त कमजोर रहेको दाबी गरेका थिए। यद्यपि, इरानी अधिकारीहरूले भने यस्ता दाबीहरूलाई निरन्तर खण्डन गर्दै आएका छन्।

खामेनीको पछिल्लो स्वास्थ्य अवस्थाबारे इरानी पक्षबाट भने हालसम्म स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.