• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’ निर्माण घोषणा, विपिन र मिरुना दोहोरिँदै

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

काठमाडौं । २०८२ सालको सफल चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ। तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट शनिबार चलचित्रको औपचारिक घोषणा गरिएको हो।

निर्देशक नवीन चौहानले सिक्वेलको नाम ‘कलेजी–ऊनको स्वीटर’ रहने जानकारी दिएका छन्। चलचित्रको छायांकन आगामी दसैँपछि सुरु गर्ने तयारी छ भने सन् २०२७ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।

‘ऊनको स्वीटर’को अधुरो प्रेमकथालाई निरन्तरता दिँदै बन्न लागेको सिक्वेलमा अघिल्लो चलचित्रकै लोकप्रिय जोडी विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा दोहोरिने भएका छन्। उनीहरू क्रमशः धरणीधर र फूलको भूमिकामा देखिनेछन्। एलेक्स पारस र परीक्षा लिम्बूको पनि चलचित्रमा मुख्य भूमिका रहनेछ।

यसपटक भारतीय रंगमञ्च तथा चलचित्रका चर्चित अभिनेता पियूष मिश्रा पनि ‘कलेजी–ऊनको स्वीटर’मा जोडिएका छन्। लामो समय लगाएर पटकथा अध्ययन गरेपछि र ‘ऊनको स्वीटर’ हेरेपछि मिश्रा चलचित्रमा काम गर्न तयार भएको निर्देशक चौहानले बताएका छन्।

निर्देशक चौहानका अनुसार दर्शकको निरन्तर आग्रह र अधुरो कथा पूरा गर्ने मागलाई सम्बोधन गर्दै सिक्वेल निर्माण गर्न लागिएको हो। धरणीधर र फूलको अधुरो प्रेमकथाको अर्को अध्याय सिक्किमबाट अघि बढ्नेछ।

अभिषेक सुवेदीको सहलेखन तथा नवीन चौहानको लेखन र निर्देशनमा बन्ने चलचित्रमा नेपाल र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहनेछ। निर्माण टिमका अन्य सदस्यको घोषणा भने पछि गरिने जनाइएको छ।

प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले नेपालमा करिब १२ करोड रुपैयाँको व्यापार गरेको थियो। भारतमा समेत प्रदर्शन भएको चलचित्रले करिब डेढ करोड भारतीय रुपैयाँ कमाउँदै ५१ दिन मनाएको थियो।

चलचित्रका ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’ लगायतका गीत दर्शकमाझ लोकप्रिय बनेका थिए। ‘ऊनको स्वीटर’ले राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न अवार्डमा सफलता हात पार्दै हालसम्म १९ वटा पुरस्कार जितिसकेको निर्माण पक्षले जनाएको छ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.