• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

शिव परियार र समीक्षा अधिकारीसहित मुक्ति एन्ड रिभाइभलको अमेरिका सांगीतिक यात्रा

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

काठमाडौं । चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन्। उनीहरूसँगै चर्चित नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकाका विभिन्न सहरमा विशेष सांगीतिक यात्रा गर्ने भएको छ।

थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा यी दुई छुट्टाछुट्टै कार्यक्रम आयोजना हुन लागेका हुन्। आयोजकका अनुसार कार्यक्रममार्फत अमेरिकामा रहेका नेपाली समुदायलाई नेपाली संगीत, कला तथा संस्कृतिसँग जोड्दै मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।

‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ अन्तर्गत शिव परियार र समीक्षा अधिकारीले करिब २० वटा सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन्। उनीहरूको टुर आगामी सेप्टेम्बर २५ मा अस्टिनबाट सुरु हुनेछ। त्यसपछि सेप्टेम्बर २६ मा डलासमा कार्यक्रम हुनेछ।

त्यसैगरी अक्टोबर २ मा कोलम्बस, ३ मा एक्रोन, ९ मा ह्यारिसबर्ग, १० मा ल्यान्कास्टर, ११ मा एशबर्न, १७ मा मिलवाकी र १८ मा सिकागोमा कार्यक्रम तय गरिएको छ। अक्टोबर २४ मा चार्लोट, २५ मा र्‍याले, ३० मा नेब्रास्का, ३१ मा न्युयोर्क तथा नोभेम्बर १ मा ब्राडफोर्ड र हार्टफोर्डमा पनि प्रस्तुति रहनेछ। फ्लोरिडासहित केही अन्य सहरमा कार्यक्रम थपिन सक्ने आयोजकले जनाएको छ।

यता, आफ्नो ३० वर्षे नेपाली ब्लुज यात्राको उत्सव मनाउँदै मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकामा विशेष सांगीतिक यात्रा गर्न लागेको छ। ‘म्युजिकल रिभाइभल–साधना भण्डारी ३०औँ वार्षिकोत्सव टुर’ नाम दिइएको यस यात्राको नारा ‘द लिगेसी, द ब्लुज, द रिभाइभल’ रहेको छ।

ब्यान्डले सेप्टेम्बर १२ मा डलास, १८ मा ह्युस्टन, १९ मा सेन्ट लुइस तथा २६ मा न्यु ह्याम्पसायरमा प्रस्तुति दिनेछ। अक्टोबर २ मा चार्लोट, ९ मा न्युयोर्क र ११ मा डीटी फेस्टमा पनि ब्यान्डको प्रस्तुति रहनेछ। अक्टोबर १७ र १८ का कार्यक्रमको स्थान भने पछि सार्वजनिक गरिने बताइएको छ।

नेपाली चाडपर्वको माहोल अमेरिकामा रहेका नेपाली समुदायमाझ पुर्‍याउनुका साथै नेपाली कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट उठेको केही रकम गरिब तथा विपन्न बालबालिकाको छात्रवृत्तिमा समेत सहयोग गरिने बताइएको छ।

कार्यक्रमका संयोजक प्रयास भुसाल हुन्। अमेरिकाका संस्थापक अञ्जना बुढाथोकी सापकोटा र सुरेश सापकोटा तथा बजार व्यवस्थापन आदित्य लाखेको रहेको छ। कार्यक्रमको प्रायोजकमा अमेरिकाको ओनेस्ट रियलस्टेट रहेको छ।

थ्रीई इन्टरटेनमेन्टले यसअघि महेश–अस्मिता, ‘कमेडी च्याम्पियन’, चलचित्र ‘महाजात्रा’लगायतका टिमसँग सहकार्य गर्दै दर्जनौँ कार्यक्रम आयोजना गरिसकेको छ। करिब दुई दशकदेखि अमेरिकामा नेपाली समुदाय लक्षित सांस्कृतिक कार्यक्रम, कलाकारको टुर तथा विभिन्न उत्सव आयोजना गर्दै आएको आयोजकले जनाएको छ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.