• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एसीसी प्रिमियर कपमा आज नेपाल र बहराइन भिड्दै, सन्दीपको कप्तानीमा उपाधि जित्ने लक्ष्य

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

काठमाडौं : एसिया कपको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कप–२०२६ आइतबार सुरु भएको छ। मलेसियामा भइरहेको प्रतियोगिताको पहिलो दिन हङकङ र ओमानले जित हासिल गरेका छन्।

एसिया कपमा दोस्रो पटक खेल्ने अभियान अन्तर्गत नेपाली क्रिकेट टिमले आज बहराइनसँग खेल्दै छ। यस प्रतियोगितामा बहराइनलाई तुलनात्मक रूपमा कमजोर मानिएको छ। त्यसैले नेपाललाई पहिलो खेल कठिन नहुने अनुमान गरिएको छ। नेपाल उपाधिको दाबेदार टिम हो। ५० ओभरको क्रिकेटमा नेपाल र बहराइन पहिलो पटक भिड्दै छन्। खेल विहान सवा ७ बजे सुरु हुनेछ।

नेपालको समूह ‘ए’ मा आयोजक मलेसिया, साउदी अरब र हङकङ पनि छन्। समूह ‘बी’ मा ओमान, सिङ्गापुर, कुवेत, कतार र युएई रहेका छन्। यी १० टिममध्ये च्याम्पियनले एसिया कप खेल्ने छ।

सन् २०२३ मा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा नेपालले अपराजित रहेर च्याम्पियन बनी एसिया कपमा स्थान पक्का गरेको थियो तर दुई वर्षअघि पछिल्लो संस्करणमा युएईसँग फाइनलमा हारेपछि नेपाल निकै नजिक पुगेर पनि दोस्रो पटक एसिया कप खेल्नबाट वञ्चित भएको थियो।

यस पटक एसीसी प्रिमियर कपकै तयारी अनुरूप नेपालले भारतको बेङ्गलुरुमा करिब १० दिनको तयारी गरेको छ। जहाँ नेपालले कर्नाटकको टिमसँग खेलेका दुई अभ्यास खेलमा जित प्राप्त गरेको थियो। त्यसपछि मलेसियामा पनि पाँच दिनको शिविर रहेको थियो। सोही समय घरेलु टिम मलेसियाविरुद्ध दुई खेलका एकदिवसीय शृङ्खला पनि नेपालले क्लिन स्विप गरेको थियो। त्यसैले पनि यस प्रतियोगितामा नेपाललाई दाबेदारका रूपमा लिइएको छ।

नवनियुक्त कप्तान सन्दीपले पनि एसीसी प्रिमियर कपमा खेल्न ट्रफी जित्ने लक्ष्यसहित मलेसिया खेल्ने बताएका छन्। “मेरो र टिमको लक्ष्य भनेको ट्रफी नै हो। नेपाललाई एसिया कपमा छनोट गराएर एसीसी प्रिमियर कपको ट्रफी घर लिएर आउने भरपूर कोसिस गर्ने छौँ,” उनले भने।

एकदिवसीय संरचनामा हुने एसिया कप सन् २०२७ मा बङ्गलादेशमा हुँदै छ। आयोजक बङ्गलादेश, भारत, पाकिस्तान श्रीलङ्का र अफगानिस्तानले एसिया कप खेल्ने पक्का भइसकेको छ।

सन्दीपको कप्तानीमा मलेसियामा खेल्ने टिममा आसिफ शेख, अर्जुन कुमाल, रोहित, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.