काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात रहेको छ।
त्यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री राहत कोषबाट बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
तपाईको प्रतिक्रिया


