• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित

म्याग्दी- पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाउनुभएको छैन ।

यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने कि जोखिम मोलेर त्यही बस्ने भन्ने निर्णय लिन उहाँलाई गाह्रो परेको छ ।

“करिब छ मिटर माथिसम्म कालीगण्डकीको बाढी आउने कल्पना गरेको थिइनँ तर असोज १० गते रातिको बाढीले घर डुबाएर सामान बगायो, भएका लत्ताकपडा, भाँडाकुँडा र सामान हिलाम्मे बनायो,” उहाँले भन्नुभयो ।

रेष्टुरेन्ट र किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी रावलले भन्नुभयो, “यो ठाउँमा बसौँ भने बाढीले डुबाएको झलझली आँखामा आउँछ, छोडेर जाने अरू ठाउँ छैन ।”

बाढी पसेपछि रावलसहित लामाखेतका अधिकांश बासिन्दा घरमा सुत्न छाडेका छन् । साँझ खाना खाएर बेनी बजारमा आउने उनीहरु बिहान घर फर्कन्छन् । बाढीले भिजाएका हिलाम्मे सामानको सरसफाइ उनीहरुको दिनचर्या बनेको छ ।

बेनीको प्रकाश माविमा कक्षा ६ मा पढ्ने लामाखेतका आयुस पुनले बाढी पसेपछि पोसाक लगाउन नमिल्ने भएको र हिलो पन्छाउन बुबाआमालाई सघाउनुपर्दा विद्यालय जान नपाएको गुनासो गर्नुभयो ।

लामाखेतमा बस्दै आएका धवलागिरि गाउँपालिका–५ भेडिखाल्टाकी रुपी बुढा घरमा बस्नेकी छोड्ने भन्ने दोधारमा हुनुहुन्छ । “जलजला गाउँपालिकाको केन्द्र र कार्यालय रहेको लामाखेतलाई संरक्षण गरेर बस्नयोग्य बनाउन सके मात्र हामी ढुक्क हुने थियौँ,” उहाँले भन्नुभयो, “बाढी र कटानबाट ज्यान बचाउन घर छाड्नुपर्ने अवस्था छ । जीवनभरको कमाइ लगानी गरेर बनाएको घर छाडेर फेरि गाउँ फर्कन अप्ठ्यारै हुन्छ ।”

पछिल्लो १५ वर्षयता तीव्र रुपमा बस्ती विस्तार भएको लामाखेत पर्वत जिल्लाको भूगोलमा पर्ने भए पनि अधिकांश म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर आएका छन् । लामाखेतमा धेरैजसो विदेशमा कमाएको र गाउँको जग्गा जमिन बेचेर छोराछोरी पढाउन, बेनीमा रोजगारी र मजदुरी गर्नेले घर बनाएर बसेका छन् ।

लामाखेतको तल्लो क्षेत्रमा रहेका २५ भन्दा बढी घरमा बाढी पसेको थियो । यसअघि तटबन्ध नाघेर बाढी नआएको स्थानीयवासी बताउँछन् । बेनीदेखि लामाखेत जोड्ने ढलान गरेर पक्की बनाएको सडक पनि पहिरोले भत्काएकाले घरका सामान अन्यत्र सार्न पनि नपाएको स्थानीय टीकाराम पुनले गुनासो गर्नुभयो ।

मेघबहादुर राईले बाढीको त्रासका कारण बेनीबजारमा कोठा खोजिरहेको बताउनुभयो । “सडक माथिको पाखो धसिएको र कालीगण्डकी पारि ठूलो पहिरो देखिएकाले लामाखेत वासीलाई त्रास सिर्जना भएको छ,” उहाँले भन्नुभयो, “घरभित्र पसेको बाढी र हिलो त पन्छाइयो तर मनभित्र पसेको चिसो हटाउन गाह्रो हँुदोरहेछ ।” लामाखेतलाई तटबन्ध गरेर बस्नयोग्य बनाउनुपर्ने स्थानीयवासी अमित पुनको भनाइ छ ।

तत्कालका लागि बस्तीभित्र थुप्रिएको बालुवा पन्छाउन ब्याकुहोलोडर आवश्यक परेको छ । बेनी जोड्ने सडक खुलाउन, खानेपानी आपूर्ति गराउन र दीर्घकालीन रुपमा नदी कटान नियन्त्रण योजना सञ्चालन गरी लामाखेतलाई बस्नयोग्य बनाउनुपर्नेमा लालबहादुर छन्त्यालले जोड दिनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार बाढीले लामाखेत, लामाबगर, फर्सेलगायत तटीय क्षेत्रदेखि धाइरिङको तामवाङ, खानीगाउँलगायत धेरै बस्तीमा क्षति पुर्याएको बताउनुभयो । तत्कालका लागि मानवीय क्षति हुन नदिने, अवरुद्ध सडकमा यातायात सञ्चालन गर्ने र आधारभूत आवश्यकता परिपूर्तिका लागि मङ्गलबारदेखि १४ वटा समूह परिचालन गरिएको उहाँले बताउनुभयो ।

मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा पाखो जमिन चर्किएकाले जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउनका लागि अनुरोध गरिएको अध्यक्ष आचार्यको भनाइ छ । गाउँपालिकाको अन्य बजेट कटौती गरेर विपद्मा केन्द्रित गर्ने, पुनर्निर्माण, पुनः स्थापनाका लागि सङ्घीय र प्रदेश सरकारसँग योजना तथा बजेट माग गर्ने उहाँको भनाइ छ ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.