काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’को सम्पूर्ण छायांकन ४० दिनमै सम्पन्न भएको छ। निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै फिल्मको छायांकन सुरु गरेको थियो।
फिल्मका लागि ४५ दिनको छायांकन तालिका तय गरिएको थियो। तर कलाकार तथा प्राविधिकको निरन्तर मेहनतका कारण निर्धारित समयभन्दा पाँच दिनअघि नै छायांकन सकिएको निर्देशक सुदर्शन थापाले बताए।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहेको छ।

निर्देशक थापा र अभिनेता प्रदीप खड्काले यसअघि फिल्म ‘प्रेम गीत’मा पनि सहकार्य गरेका थिए।
सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।
फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत र रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ। राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङको जिम्मेवारी सम्हालेका छन्। विक्रम स्वारको नृत्य निर्देशन रहने फिल्मको ट्रेलर सम्पादन साहिल खानले गर्दैछन्।
बसन्त अधिकारी चिफ सह–निर्देशक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशक छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन व्यवस्थापन सुदीप ढकालले सम्हालेका छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माणको जिम्मेवारी आनन्द महर्जनले लिएका छन्।
‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ। फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरणको जिम्मा भिष्म फिल्मस् र श्री राम बालाजीले लिएका छन्।


