• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित

दमौली (तनहुँ)- तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने योजना अघि सारिएको हो ।

बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ । पर्यटकलाई सडकमार्ग हुँदै गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउने उद्देश्यले जीप सफारी सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जीप सफारीलाई थप विस्तार गर्दै दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललाई समेटेर धार्मिक तथा पर्यटकीय सर्किट विकास गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । “बन्दीपुर र आँबुखैरेनीमा जीप सफारी भइरहेको छ । अब यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी गरेका छौँ,” पौडेलले भन्नुभयो ।

उहाँका अनुसार तनहुँमा धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनका लागि पर्याप्त सम्भावना भए पनि गन्तव्यबीचको सम्बन्ध र पर्यटकीय प्याकेजको विकासमा अझै ध्यान पुग्न सकेको छैन । एउटै यात्रामा विभिन्न गन्तव्यको भ्रमण गर्न सकिने गरी सफारी सञ्चालन गर्न सके पर्यटकको बसाइ अवधि बढाउन पनि सहयोग पुग्ने उहाँको भनाइ छ ।

मानुङकोट सूर्योदय तथा हिमशृङ्खला अवलोकनका लागि चर्चित गन्तव्यका रूपमा विकास भएको छ । त्यससँगै छाब्दी धार्मिक तथा प्राकृतिक आकर्षण बोकेको स्थल हो । छिम्केश्वरी तनहुँको उच्च पहाडी क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो भने आँधीमूल पनि धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ ।

यी गन्तव्यलाई सडकमार्गमार्फत जोडेर जीप सफारी सञ्चालन गर्न सके पर्यटकलाई एउटै प्याकेजमा फरक–फरक प्रकृतिका गन्तव्यको अनुभव गराउन सकिने पौडेल बताउनुहुन्छ ।

जीप सफारीले पर्यटकलाई मुख्य बजार क्षेत्रबाट गाउँ तथा पहाडी बस्ती हुँदै गन्तव्यसम्म पुर्‌याउने भएकाले यसबाट ग्रामीण क्षेत्रमा समेत पर्यटनको लाभ पुग्ने अपेक्षा गरिएको छ । पर्यटकको आवागमन बढेमा स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, कृषि उपज तथा स्थानीय उत्पादनको बजार विस्तारमा पनि सहयोग पुग्ने व्यवसायीको विश्वास छ ।

बन्दीपुर यसअघि नै नेपालको प्रमुख पहाडी पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । यहाँ आउने पर्यटकलाई आसपासका ग्रामीण तथा धार्मिक क्षेत्रसम्म पु¥याउन सके बन्दीपुरमा केन्द्रित पर्यटनलाई जिल्लाका अन्य क्षेत्रमा विस्तार गर्न सकिने देखिन्छ ।

आँबुखैरेनी पनि प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा ग्रामीण परिवेशका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । जीप सफारीमार्फत यी क्षेत्रलाई जोड्दा सडकमार्गबाट सहजै घुम्न चाहने पर्यटकका लागि नयाँ विकल्प थपिने उहाँले बताउनुभयो ।

पर्यटन व्यवसायी पौडेलले पर्यटकलाई केवल एउटा गन्तव्य देखाएर फर्काउनेभन्दा गन्तव्यको समूह बनाएर प्याकेज तयार गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । त्यसका लागि स्थानीय तह, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

“एउटा गन्तव्यमा पुगेपछि अर्को गन्तव्यसम्म जाने वातावरण बनाउन सकियो भने पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ,” पौडेलले भन्नुभयो । धार्मिक तथा पर्यटकीय सर्किट निर्माणसँगै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने योजना पनि महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

पर्यटक आउने क्षेत्रका स्थानीयले घरबास (होमस्टे) सञ्चालन, स्थानीय खाना, हस्तकला, कृषि उपज तथा सांस्कृतिक गतिविधिमार्फत आम्दानी गर्न सक्ने भएकाले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तनहुँका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यबीच यातायातको सहज पहुँच, पूर्वाधार विकास र प्रचारप्रसारलाई एकीकृत गर्न सके जिल्लालाई लामो दूरीको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने व्यवसायीको विश्वास छ ।

बुधबार, असोज २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.