• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सडक सञ्चालनपछि सहज

  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज २३ गते । भोटेकोशी–त्रिशूली हिमबाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सडक पुनः सञ्चालनमा आएका छन् । आउनै लागेका ठुला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्धस्तरमा मर्मतको काम अगाडि बढाएपछि अवरुद्ध राजमार्ग तथा सडक सञ्चालनमा आएका हुन् ।

असोज ८ देखि ११ गतेसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्‍याएको थियो । बाढी, पहिरो र सडक कटानका कारण सडक सञ्जाल अवरुद्ध बनेपछि  आवतजावत र खाद्यान्न ढुवानीमा असर परेको थियो ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले भदौ र असोजको बाढीबाट क्षतिग्रस्त अधिकांश सडक तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सडक तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्तिपथ, अरनिको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन् । त्यसै गरी भोटेकोशी–त्रिशूली हिमबाढीकै कारण ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ ।

हिमबाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका सडक पूर्वाधारमा क्षति पुर्‍याएको थियो ।  हिमबाढीले भोटेकोशी–त्रिशूली कोरिडोरका मुख्य सडक तथा पुलहरू बगाएको थियो । हिमबाढीले मुख्य पासाङ ल्हामु राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड मर्मत गरी चारचक्के साना सवारीसाधनका लागि खुला गरिएको छ ।

हिमबाढीले बगाएको गल्छी–वेत्रावती खण्डमा नयाँ ट्र्याक खोली रसुवालाई पुनः सडक सञ्जालमा जोडिएको छ । यस खण्डमा बेलिब्रिज राख्ने काम चलिरहेको छ । त्यसै गरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो सफा गरेर यातायात पूर्ण रूपमा सञ्चालन गरिएको छ ।

असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षति पुगेको बिपी राजमार्गका विभिन्न ठाउँ (चौकीडाँडा, कटुन्जे, पिप्ले, माम्ती आदि) मा अस्थायी डाइभर्सन र वैकल्पिक ट्र्याक निर्माण गरी सवारी सञ्चालन सुरु गरिएको छ तर सुरक्षाका कारण रात्रिकालीन समय (बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म) मा सवारी चलाउन रोक लगाइएको छ ।

कालीगण्डकी कोरिडोर अन्तर्गत 

नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सडक खुलाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ । असोज १८ गतेको बाढीपहिरोले अवरुद्ध बनाएको बेँसीसहर–खाङ्सार सडकखण्ड (मनाङ) मा तत्काल मर्मत गरी एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको  छ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर, गजुरी, परेवाभिरलगायत ठाउँमा खसेका पहिरो हटाएर सडकलाई सञ्चालनमा ल्याइएको छ ।

बाढीले सडक र सञ्चार पूर्वाधारमा ठुलो धक्का दिए पनि सरकारी निकाय, स्थानीय तह र सुरक्षा निकायको संयुक्त प्रयासका कारण क्षतिग्रस्त सडक क्रमिक रूपमा सञ्चालनमा आउँदा आमनागरिकले राहत महसुस गरेका छन् । चाडपर्वमा यात्रुहरू अलपत्र नपरून् र अत्यावश्यक सामग्रीको ढुवानी नरोकियोस् भनी मर्मत कार्यलाई तीव्र पारिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

भदौ १० गते आएको लेदोसहितको हिमबाढीले रसुवा र नुवाकोट जोड्ने वेत्रावती खण्ड, मैलुङ–स्याफ्रुबेँसी तथा धुन्चे जोड्ने राजमार्गका विभिन्न भाग बगाएको थियो । डिभिजन सडक कार्यालय तथा नेपाली सेनाको निरन्तरको प्रयासपछि गल्छी–वेत्रावती सडकखण्डको नयाँ ट्र्याक खोलिसकिएको उहाँले जानकारी दिनुभयो ।

आइतबारदेखि सञ्चालनमा आउने

प्रवक्ता न्यौपानेले बाढीले क्षतिग्रस्त कालीगण्डकी कोरिडोर अन्तर्गत अवरुद्ध रहेका मालढुङ्गादेखि जोमसोमसम्मको सडक आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कालीगण्डकी कोरिडोर अन्तर्गत अवरुद्ध रहेका मालढुङ्गादेखि जोमसोमसम्मको सडक खुलाउने काम भइरहेको छ ।”

उहाँका अनुसार सडक डिभिजन कार्यालयहरू र सुरक्षा निकायका टोलीहरू अवरुद्ध सडक खण्डहरू खुलाउन भारी उपकरणसहित अहोरात्र खटिएका छन् । सरकारले दसैँअघि नै सबै सडकमा यातायात सञ्चालन गराउने लक्ष्य राखेको छ । अहिले वेत्रावतीमा बेलिब्रिज जडान कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “बेलिब्रिज जडान भइसकेपछि धुन्चेसम्म यातायात सञ्चालनमा आउँछ । स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्म सडक सञ्चालनमा आउन बाँकी रहन्छ । रसुवागढी नाकासम्म सडक सञ्चालनको प्रयास भइरहेको छ तर हिमाली तथा पहाडी भूभागमा अझै पनि सुक्खा पहिरो खस्ने जोखिम कायमै हुनु र नदीको बहाब पूर्ण रूपमा नघट्नु मुख्य चुनौती बनेका छन् ।”

आपूर्ति सहज हुने विश्वास

सडक विभागका अनुसार सडक पूर्ण रूपमा पूर्ववत् अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू उपत्यका वा मुख्य सहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन । बाढीपहिरो प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका ग्रामीण सडकहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्टसहित परिचालित  छन् । तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त र हिलाम्मे सडकहरूमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र चालकहरूलाई सुरक्षित रूपमा सवारी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

क्षतिग्रस्त सडकहरूको अवस्था 

सडक विभागका अनुसार क्षतिग्रस्त पासाङ ल्हामु राजमार्ग (रसुवा–धुन्चे खण्ड) मा द्रुत गतिमा मर्मत कार्य जारी रहेको र आउँदो चार पाँच दिनभित्र धुन्चेसम्म पूर्ण सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । त्यसै गरी वेत्रावती बजार क्षेत्रमा बाढीले बगाएको पुलको ठाउँमा बेलिब्रिज जडान भइरहेका छन् । बाढीपहिरोले बेनी–जोमसोम सडक (बैसरी, म्याग्दी) सडक अवरुद्ध छ । यो सडकको मुस्ताङतर्फको खण्ड छिट्टै खुलाउने प्रयास जारी रहेको सडक विभागका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । त्यसै गरी असोज १४ गते क्षतिग्रस्त भएको कालीगण्डकी कोरिडोर (नवलपरासीपूर्व) एकतर्फी रूपमा सञ्चालन भएको छ ।  बेँसीसहर–खाङ्सार सडक खण्ड (मनाङ) अहिले एकतर्फी रूपमा खुला छ । यी सडकखण्डबाहेक देशभरिका सडक र राजमार्ग सञ्चालनमा रहेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.