काठमाडौं । नेपाली चलचित्र ‘अक्षरा’ आजदेखि प्रदर्शनमा आएको छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको पनि अभिनय छ । बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन् ।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् । चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् ।
चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन् । चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् ।
दिपेन बस्न्यातको छायांकन रहेको चलचित्रमा गौतम खड्काको सम्पादन छ । चलचित्रको नेपालभर वितरणको जिम्मेवारी नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले लिएका छन् भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।


