लेखनाथ, असोज २३ । कास्कीको पोखरा महानगरपालिका–२८, माझठानामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
कालिका बोर्डिङ स्कुल, कालिकाको बस ट्युसन पढ्ने विद्यार्थी बोकेर फर्किने क्रममा पोखरा–२८ स्थित माझठानाको ओख्लेको भीरमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब पाँच सय मिटर तल भीरमा खसेको बताइएको छ।
ग२ख १४१७ नम्बरको उक्त बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया


