• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

हिल्सामा खाद्यान्न र उपचारको अभाव, हिउँले सडक अवरुद्ध हुँदा नेपाली अलपत्र

  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित

हुम्ला । चीनसँगको सीमावर्ती नाका हिल्सा लामो समयदेखि बन्द हुँदा त्यहाँ रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारको अभाव झेल्नुपरेको छ। चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडकमा जमेको हिउँ नहटाइएकाले घर फर्किन चाहने नेपालीलाई थप समस्या भएको छ।

गत ९ गतेदेखि बन्द रहेको हिल्सा नाकामा दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको छ। लामो समयदेखि हरियो सागसब्जी खान नपाएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन्। माछामासु उपलब्ध हुन छाडेको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षा चौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताउनुभयो।

सापकोटाका अनुसार खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ। हिल्सामा स्वास्थ्यचौकी वा मेडिकलसमेत नहुँदा बिरामी पर्दा उपचार पाउन कठिन भएको छ। सशस्त्र प्रहरी बलका एक जवानले सीएमए तालिम लिएको र उनीसँग उपलब्ध सामान्य औषधि, विशेषगरी सिटामोलकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका छन्। तीमध्ये केहीले हिउँ जमेको बाटो हुँदै यात्रा गर्नुपरेको छ। केही नागरिक पैदल मार्गबाट अघि बढिसकेका छन् भने चीनबाट ढिलो गरी नेपाल प्रवेश गरेकाहरू शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा रहेको बताइएको छ।

नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारदेखि मात्रै सुरु भएको हो। नारा लेक क्षेत्रमा सडक सफा गर्न सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ। तर, मेसिन सानो भएकाले दैनिक बढीमा एकदेखि दुई किलोमिटर मात्रै सडक सफा गर्न सकिने अवस्था रहेको छ। हिउँ हटाउने काम सुस्त हुँदा हिल्सामा रोकिएका नागरिकको चिन्ता बढेको छ।

सडक सफा गर्ने काम यही गतिमा अघि बढे दसैँसम्म पनि घर पुग्न नसकिने चिन्ताका बीच बिहीबार एक सयभन्दा बढी नेपालीले हिल्साबाट पैदल यात्रा सुरु गरेका छन्।

लामो समयदेखि सीमा नाका बन्द हुनु, सडकमा बाक्लो हिउँ जम्नु, खाद्यान्न अभाव र स्वास्थ्य सेवाको पहुँच नहुनुले हिल्साको अवस्था थप कठिन बनेको छ। चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा घर फर्किन चाहने नागरिकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ।

स्थानीय तथा सुरक्षाकर्मीले तत्काल प्रभावकारी रूपमा हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउन नसके हिल्सामा खाद्यान्न तथा स्वास्थ्य सङ्कट थप गहिरिन सक्ने बताएका छन्।

हाल हिल्सामा सशस्त्र प्रहरीका ३५, नेपाल प्रहरीका २०, अध्यागमन कार्यालयका चार र भन्सारका चार गरी ६३ जना सरकारी कर्मचारी कार्यरत छन्। त्यहाँ केही स्थानीय नागरिकसमेत बस्दै आएका छन्।

शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.