• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बुढीगण्डकी बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो

  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित

सुलीकोट (गोरखा), असोज २५ गते । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले सल्लेरी बजार क्षेत्र र जलजिद्युत आयोजनाको क्याम्प बगाएको छ । नदीमा आएको लेदोसहितको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित सबै संरचना बगाएको हो ।

बुढीगण्डकी नदीमा पानीको बहाव बढेसँगै आएको लेदोसहितको बाढीले नदी किनारमा संरचनामा क्षति पु¥याएको छ । बाढीले सल्लेरी बजार र हाइड्रोपावर योजनाको क्याम्प बगाएपछि त्यहाँको भौतिक संरचनामा ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

बाढीले क्षति पु¥याएपछि नदी तटीय क्षेत्रका स्थानीय बासन्दिाहरुमा त्रास फैलिएको छ । नदी थुनिने र खुल्ने क्रम दोहोरिएपछि नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण, मानवीय क्षति भए–नभएको अवस्था तथा प्रभावित क्षेत्रबारे थप जानकारी आउन बाँकी रहेको गोरखा जिल्ला प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

तत्काल बाढीको लागि हेलिकप्टरमा घटनास्थलको बारेमा निरीक्षण गरी क्षतिको यकिन विवरण संकलन  गरी विपदमा परेकाहरुलाई उद्धार र राहतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

बाढीको वास्तविक क्षति, बाढीको कारण र प्रभावित क्षेत्रको अवस्थाबारे विवरण आउन बाँकी रहेकाले घटनबारे थप जानकारी प्राप्त भएपछि क्षतिको यकिन विवरण सार्वजनिक गरिने गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्ला विपद् व्यावस्थापन समितिको बैठक बसिरहेको छ ।

बुढीगण्डकीको स्यारखोला तर्पmबाट बाढी आएकाले जगत र सल्लेरी तथा जलविद्युत हाइड्रको क्याम्प बगाउनुका साथै नदी आसपासका धेरे घरहरु बगाएर लगेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।

आइतबार बिहान साढे ४ बजेतिवर ठुलो आवाजसहित बाढी आएपछि लोक्पासहित नदी आसपासका बासिन्दा ज्यान जोगाउन भागभाग गरेका स्थानीय सेराप गुरुङको भनाइ छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.