काठमाडौं। नेपाली चलचित्र ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ। ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।
शुभमुहूर्त कार्यक्रममा अभिनेत्री विपना थापा, वर्षा राउत, अभिनेता महेश त्रिपाठी, भोलाराज सापकोटा, बाल कलाकार सुपला सापकोटा, ध्रुव कोइराला, पुष्कर राउत र विक्रम बुढाथोकीलगायतको उपस्थिति थियो।
नवीन पन्तको निर्देशनमा निर्माण हुने फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। त्यस्तै, बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि फिल्ममा देखिनेछन्।

यस फिल्ममार्फत अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ पर्दा सेयर गर्ने भएका छन्। बाबुछोरीलाई एउटै फिल्ममा देख्न पाइने भएकाले ‘बाकस’ उनीहरूका लागि विशेष बन्नेछ।
फिल्ममा मणि तामाङ मुख्य सहायक निर्देशकका रूपमा छन् भने सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहनिर्देशक रहेका छन्। द्वन्द्व निर्देशन किरण दाहालले गर्नेछन् भने शृङ्गारको जिम्मेवारी उर्मिला लामाले सम्हाल्नेछिन्।
फिल्मको संगीत दीपक शर्मा र सनम पुरुष राईले तयार पार्नेछन्। महेश पौडेलले छायाङ्कन गर्ने फिल्ममा सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ। आईडलले पोस्टर डिजाइन गर्ने फिल्मको प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने तथा कस्ट्युम डिजाइनर ज्योति केसी र निराजन घिमिरे रहेका छन्।

सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन् भने धीरेन्द्र पन्त कार्यकारी निर्माता रहेका छन्।
पीके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा तथा निर्देशन नवीन पन्त स्वयंले गरेका छन्। फिल्मको छायाङ्कन दशैँलगत्तै सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ।


