• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानमाथि नेपालको ११३ रनको शानदार जित

  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज २७ गते । रोहित पौडेलले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले मङ्गलबार आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ मा घरेलु टिम ओमानलाई ११३ रनले सजिलै हराएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । ओमान जवाफमा ४० ओभरमा १५० रनमै सीमित भयो ।

नेपालका लागि पुनः रोहित पौडेल छाउनुभयो । दुई दिनअघि क्यानाडावरुद्धको जितमा कीर्तिमान शतक बनाउने रोहितले ६७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधक ६१ रन बनाउनुभयो ।

यसैगरी प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ५९ बलमा चार चौकासहित ४० रनको पालि खेल्नुभयो । अर्का प्रारम्भिक ब्याट्समयान आसिफ शेख भने लगातार दोस्रो खेलमा ब्याटबाट असफल हुनुभयो । उहाँ चार रनमा शाह फैजलको बलिङमा बाउन्ड्री नजिक जय ओडेड्राद्वारा क्याच आउट हुनुभयो ।

आसिफ आउट भएपछि अर्जुन र इशान पाण्डेले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरी नेपालको पालि सम्हाल्नुभएको थियो । इशानले ३७ रनको योगदान दिनुभयो । त्यसपछि बसिर अहमद पनि ३७ रनमा आउट हुनुभयो । दिपेन्द्र सिंहले २२ र सन्दीप जोराले १० रन बनाउनुभयो ।

करणको अलराउन्ड प्रदर्शन

नेपालका लागि रोहितपछि करण केसीको पालिको उल्लेखनीय रह्यो । आठौँ क्रमका क्रिजमा आउनुभएका करणले १६ बलमा ४० रन बनाएपछि नेपालको पालिको अन्त्य सुखद तरिकाले गरेको थियो । करणको पालिमा एक चौका र चार छक्का सामेल थियो ।

उहाँले हसनैन शाहले फालेको ४९ औँ ओभरमा लगातार तीन छक्का प्रहार गर्नुभएको थियो । करण अन्तिम बलमा रनआउट हुनुभयो ।

त्यसपछि करणले ओमानको पालिमा पहिलो ओभरमै प्रारम्भिक ब्याट्सम्यान हसनैन उल वहाबलाई शुन्यमा बोल्ड गरेर नेपाललाई खेलको दोस्रो भागमा पनि शानदार सुरुआत दिलाउनुभएको थियो । ओमानले जवाफमा ४१ रनमै छ विकेट गुमाइसकेको थियो ।

ओमानका लागि कप्तान विनायक शुक्लाले ८३ बलमा छ चौका र एक छक्कासहित ७७ रन बनाउनुभयो । दिपेन्द्रले ओडेड्रा २५ रन योगदान दिनुभयो । सो पालिमा सन्दीप र नन्दनले तीन/तीन, दिपेन्द्रले दुई तथा करण र ललितले एक/एक विकेट लिनुभयो ।

नेपालको नजर पाँचौँ स्थानमा

यस नतिजासँगै नेपालको पाँचौँ स्थानमा उक्लने बाटो पनि खुलेको छ । नेपालको ३४ खेलबाट २८ अङ्क भएको छ । आठ टिम सहभागी यस लिग टु २०२३/२४–२०२७ को ‘साइकल’मा नेपालले अझै दुई खेल खेल्न बाँकी छ ।

पाँचौँ स्थानमा रहेको नामिबियाले एक खेल खेल्न बाँकी छँदा ३१ अङ्क बनाएको छ । नामिबियाले आप्mनो अन्तिम खेलमा हार वेहोरमा नेपालले आफ्नो अन्तिम दुई खेल जितेर शीर्ष पाँच रहेर प्रतियोगता टुङ्ग्याउनेछ ।

नेपालको शीर्ष चारमा रहेर विश्वकपको ग्लोबल छनोटमा स्वतः चयन हुने अवसर भने गुमाइसकेको छ । ओमान आउनुअघि नेपाल सातौँ स्थानमा थियो । ओमान ३० खेलमा ३३ अङ्क बनाएर चौथो स्थानमा रहेको छ ।

मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.