• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

टीकाअघि नै यातायात सञ्चालन हुने

  •   बुधबार, असोज २८, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन गर्न सरकारले तदारुकता देखाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार सो स्थानमा तत्काल अस्थायी बेलिब्रिज निर्माणका लागि सात ट्रक आवश्यक निर्माण सामग्री मङ्गलबार निर्माणस्थल पुर्‍याइएको छ । बुढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिका–९, नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाउँदा पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो ।

सडक डिभिजन कार्यालय हेटौँडाबाट पठाइएका ती निर्माण सामग्री गोरखा बजार हुँदै आरुघाट पुर्‍याइएको छ । आइतबार बिहान उत्तरी गोरखाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढीले पुलको गोरखातर्फको २२ मिटर ‘आरसिसी’ भाग बगाएपछि दुई जिल्लाबिच सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।

टीकाअघि नै यातायात सञ्चालन गरिने

गोरखा सडक योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दसैँको टीकाअघि नै सो बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम सुरु गरिएको जानकारी दिनुभयो । केही दिनभित्रै निर्माण सम्पन्न गरी दसैँको समयमा आवतजावतलाई सहज बनाउने लक्ष्य राखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “उक्त बेलिब्रिज निर्माणका लागि हेटौँडाबाट पठाइएको आवश्यक सात ट्रक सामग्री निर्माणस्थलमा आइपुगेको छ र तीन ट्रक थप सामग्री त्यहाँबाट आरुघाटका लागि हिँडाइसकिएको छ ।” उहाँले बुधबारदेखि पुलको जग खन्ने र ढलानको काम सुरु हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली सेना र सडक डिभिजनको टोलीले डोजर र एक्साभेटर प्रयोग गरी नदी किनारको लेदो तथा अवरोध पन्छाउने काम सुरु गरिसकेका छन् । बेलिब्रिज निर्माणका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउने, पुलको जग र ढलानको काम तथा आवश्यक जनशक्ति सडक विभागमार्फत उपलब्ध गराइने छ भने पुल जडानको काम नेपाली सेनाको प्राविधिक फौजबाट हुने योजना प्रमुख पुनले स्पष्ट पार्नुभयो । पुल बगेलगत्तै नेपाली सेनाको रुद्रध्वज गणका प्राविधिक टोली र गोरखा सडक योजनाका अधिकारीले स्थलगत निरीक्षण गरी बेलिब्रिज जोड्ने सम्भाव्यता अध्ययन गरेका थिए । पुलको ६० मिटर लामो ट्रस संरचना अझै सुरक्षित रहेकाले त्यसमै थप भाग जोडेर बेलिब्रिज सञ्चालन गर्न लागिएको योजनाका प्रमुख इन्जिनियर पुनले जानकारी दिनुभयो ।

यातायात ठप्प हुँदा स्थानीय मर्कामा

बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित मोटरेबल पुलको एक खण्ड बगाएपछि यस क्षेत्रको यातायात र व्यापारिक आवतजावत पूर्ण रूपमा ठप्प भएको छ । सडकखण्ड ठप्प हुँदा गोरखाका आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । चाडबाडको मुखमा मुख्य मार्ग नै बन्द भएपछि दैनिक उपभोग्य सामग्री ढुवानी र यात्रुको आवतजावत रोकिएको छ । यसका साथै आरुघाट गाउँपालिकाकै सोतीस्थित फलामे पुल पनि बाढीले बगाएकाले उत्तरी गोरखा र मनासलु पदमार्ग क्षेत्रतर्फ जाने बाटोसमेत प्रभावित भएको छ ।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.