• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आउँदै दसैँ, हराउँदै पिङ

  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज २९ गते । शरद ऋतुको नीलो आकाश, खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दसैँको तयारी । कमेरो, रातोमाटो दलेर चिटिक्क पारेको घर, यतिबेला गाउँका डाँडा, चौर र दोबाटामा पिङको चचहुई सुनिनुपर्ने हो तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ ।

काठमाडौँको नाङ्लेभारेका ८६ वर्षीय जीवनलाल पौडेललाई आफ्नो बाल्यकालको दसैँ अझै ताजै लाग्छ । उहाँ भन्नुहुन्छ, “दसैँमा कम्तीमा एक पटक भए पनि भुइँ छाड्नु पर्छ भन्ने मान्यता थियो । पिङ नखेले दसैँ नै अधुरो लाग्थ्यो ।” उहाँका अनुसार अहिले पिङमा बाँकटे मार्ने पुस्ताको ठाउँ मोबाइलको पर्दामा झुकेको पुस्ताले लिँदै गएको छ ।

दसैँमा पिङ खेल्ने चलन कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दसैँ मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ । नेपाली लोकसाहित्य, गीत र कथामा पिङको बारम्बार उल्लेख हुनु यसको पुरानो सांस्कृतिक सम्बन्धको प्रमाण मानिने उहाँले बताउनुभयो ।

विश्व इतिहासमा पनि पिङको उल्लेख पाइन्छ । इसापूर्व पाँचौँ शताब्दीको ग्रिक सभ्यतासम्बन्धी सामग्रीमा महिला र बालबालिका पिङ खेलिरहेको चित्र भेटिएको छ । १२ औँ शताब्दीमा जयदेवद्वारा रचित ‘गीतगोविन्द’ मा वर्णित झुला संस्कृतिले पनि दक्षिण एसियाली समाजमा पिङको विकाससँग सम्बन्ध राखेको अनुमान गरिन्छ ।

पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ । स्वास्थ्यकर्मी उज्ज्वल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन् । यसले शरीरमा स्फूर्ति ल्याउनुका साथै मानसिक ताजगीसमेत प्रदान गर्छ । चाडपर्वमा खानेकुरा बढी सेवन गरिने भएकाले पाचन प्रक्रियालाई सहज बनाउन पनि पिङ उपयोगी मानिन्छ ।

पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो । सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवकयुवती पिङ हालिएको चौरमा भेला हुन्थे । दोहोरी गाउने, साथीभाइ भेट्ने, शुभकामना साटासाट गर्ने र नयाँ सम्बन्ध गाँस्ने थलो पिङ नै बन्थ्यो । लोकगायक रामहरि न्यौपाने पिङलाई ‘मायाप्रेम अङ्कुराउने र सामाजिक एकता बलियो बनाउने साझा चौतारी’ का रूपमा सम्झनुहुन्छ ।

तर समयसँगै यो परम्परा ओझेल पर्दै गएको छ । बढ्दो सहरीकरण, प्रविधिको प्रभाव र वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन् । वरिष्ठ सर्जक तथा लोकगायक मच्छेश्वर सापकोटा भन्नुहुन्छ, “पहिले गाउँ सुन्दर थियो, किनकि त्यहाँ मान्छे थिए । अहिले गाउँमा पिङ हाल्ने र खेल्ने मान्छे नै कम हुँदै गएका छन् ।”

पिङ बनाउन आवश्यक बाँस, बाबियो र सनपाटको अभाव अर्को चुनौती बनेको छ । उदयपुर कटारीका नवीन विष्टका अनुसार चाहना हुँदाहुँदै पनि नयाँ पुस्तामा पिङ बनाउने सिप हस्तान्तरण हुन सकेको छैन । अहिलेका युवा चौरमा भेला भएर पिङ खेल्नुभन्दा मोबाइलमा समय बिताउन रुचाउँछन् ।

तर सबै ठाउँको अवस्था निराशाजनक छैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, मकैटारमा ४३ वर्षपछि स्थानीय युवा र ज्येष्ठ नागरिकको सक्रियतामा रोटे पिङ पुनर्निर्माण गरिएको छ । २०३६ सालपछि रोकिएको परम्परा पुनर्जीवित हुँदा गाउँलेले फेरि दसैँको पुरानै रौनक फर्किएको अनुभूति गरेका छन् । त्यहाँ अहिले रोटेपिङ र लिङ्गेपिङ हालिएको छ । स्थानीय जनप्रतिनिधि उमेशराज महतले ज्येष्ठ नागरिकको अनुभव र युवाको जाँगर मिल्दा परम्परा जोगाउन सकिन्छ भन्ने उदाहरण मकैटारले प्रस्तुत गरेको बताउनुभयो ।

तराई मधेश क्षेत्रमा सनपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ । जलेश्वरका राकेशकुमार चौधरीका अनुसार सनपाट खेती घटेसँगै पिङ निर्माणका सामग्री जुटाउन कठिन हुन थालेको छ । “पहिले टोलैपिच्छे पिङ हुन्थ्यो, अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ,” उहाँ भन्नुहुन्छ ।

पिङको आधुनिक रूपका रूपमा बन्जी जम्पलाई पनि लिन सकिन्छ । परम्परागत पिङले दिने हावामा उडेको अनुभूति आधुनिक प्रविधिसहित बन्जी जम्पमा विकसित भएको छ । दुई दशकदेखि बन्जी प्रशिक्षकका रूपमा कार्यरत विश्व बजगाईंका अनुसार दुवैको मूल आधार डोरीमार्फत रोमाञ्चक अनुभव प्राप्त गर्नु नै हो ।

पिङ संस्कृतिको संरक्षण गर्न सरकारी तथा संस्थागत प्रयास पनि सुरु भएका छन् । नेपाल पर्यटन बोर्डले दसैँका अवसरमा काठमाडौँ उपत्यकासहित विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढाएको छ । बोर्डले स्थानीय तह र पर्यटनसम्बद्ध संस्थासँगको सहकार्यमा सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।

संरक्षणकर्मी श्रीकृष्ण धिमालका अनुसार पिङ केवल बाँस, रुख, काठ र डोरीको संरचना होइन, यो नेपाली समाजको सामूहिकता, एकता र सांस्कृतिक पहिचानको प्रतीक हो । “अघिल्लो पुस्ताले जोगाएर ल्याएको यो धरोहर नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकेनौँ भने कुनै दिन दसैँ त आउला तर पिङको चचहुई र धर्ती छाड्दाको रोमान्स इतिहासमा मात्र सीमित हुन सक्छ,” उहाँ भन्नुहुन्छ । दसैँको वास्तविक रौनक जमरा, टीका र नयाँ लुगामा मात्र सीमित छैन । गाउँको चौरमा हावासँगै मच्चिने पिङ, त्यस वरिपरि भेला भएका मानिस र साझा खुसीको त्यो क्षणमा पनि दसैँको आत्मा लुकेको छ । यही आत्मालाई जोगाइराख्नु अहिलेको सबैभन्दा ठुलो चुनौती बनेको उहाँले बताउनुभयो ।

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.