• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘आ बाट आमा २’ को अग्रिम बुकिङ आक्रामक, देशभर २०० भन्दा बढी शो

  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित

काठमाडौं। बडादशैँको अवसर पारेर शुक्रबार (असोज ३० गते) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ ले देशभरका मल्टिप्लेक्समा उत्साहजनक अग्रिम बुकिङ प्राप्त गरेको छ। प्रदर्शनको अघिल्लो दिन बिहीबारसम्म चलचित्रले देशभरका सिनेमाघरमा २०० भन्दा बढी शो पाएको छ।

विशेषगरी काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्स बिग मुभिज, एफक्युब सिनेमाज, वान सिनेमाज, सिभिल मललगायतका हलले चलचित्रलाई उच्च शो संख्या दिएका छन्। दर्शकको बढी चाप हुने दिउँसो तथा साँझका प्राइम टाइम शोसमेत उपलब्ध गराइएको छ। अनलाइन टिकट बुकिङ खुल्नासाथ विभिन्न शोमा दर्शकको आकर्षण बढेको देखिएको छ।

उपत्यकाबाहिर पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज र धरानलगायतका प्रमुख सहरमा पनि चलचित्रको अग्रिम टिकट बुकिङ उत्साहजनक रहेको जनाइएको छ। सडक कन्सर्ट तथा प्रचारप्रसारका क्रममा मोफसलमा देखिएको दर्शकको उत्साह टिकट बुकिङमा समेत प्रतिबिम्बित भएको हल सञ्चालकहरूको भनाइ छ।

चलचित्रको पहिलो भागले हासिल गरेको व्यावसायिक सफलता, हालै सार्वजनिक पाँच मिनेट लामो भावनात्मक ट्रेलर तथा युट्युबमा करोडौँ भ्युज बटुलेका दशैँ गीतले दर्शकमाझ यसको प्रतीक्षा बढाएको देखिन्छ। भावनात्मक कथावस्तुका कारण चलचित्रले सेन्सर बोर्डबाट ‘पीजी’ प्रमाणपत्रसमेत प्राप्त गरेको छ। दशैँको बिदामा परिवारसहित चलचित्र हेर्न चाहने दर्शकका लागि ‘आ बाट आमा २’ प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल र नरेन खड्कालगायतका कलाकारको अभिनय रहेको छ।

अग्रिम बुकिङमा देखिएको उत्साह र देशभर प्राप्त शो संख्याका आधारमा चलचित्रले प्रदर्शनको पहिलो दिन राम्रो अकुपेन्सी हासिल गर्ने अपेक्षा गरिएको छ। अब चलचित्रको वास्तविक व्यावसायिक प्रदर्शनले दर्शकको यो उत्साहलाई बक्स अफिसको कमाइमा कत्तिको रूपान्तरण गर्छ भन्ने चासो बढेको छ।

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.