काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादसैंको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उहाँले गुरु पुरोहितबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुभएको हो।
राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका तथा जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया


