असार १४, काठमाडौं ।नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिकरूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् ।तत्काललाई ६८ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।


तपाईको प्रतिक्रिया


