साउन ४ , काठमाडाैं । गठबन्धनका शीर्ष नेताहरूले प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँडबारे फरक–फरक प्रस्ताव अघि सारेका छन् । अनौपचारिक छलफलमा कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् ।
कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने उसको प्रस्ताव छ ।
एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेतासँग सिट बाँडफाँडबारे आफ्नो प्रस्ताव राखेका छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।संघको टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ ।
तपाईको प्रतिक्रिया


