• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विश्वभर दैनिक ४ हजार मानिस एचआइभी सङ्क्रमित : राष्ट्रसंघ

  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित

साउन १५ , काठमाडाैं । विश्वभर प्रत्येक दिन करिब ४,०० जनामा एचआईभी सङ्क्रमण हुने गरेको पाइएको छ । राष्ट्रसंघले आइतबार देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रसंघले ट्विट गर्दै एचआईभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसका विरुद्धमा जनचेतना जगाउँन र नियन्त्रण गर्न लगानी बढाउन समेत आग्रह गरेको छ । एचआईभी/एड्स सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम विश्वव्यापी एचआईभी प्रतिक्रियाको पछिल्लो तथ्याङ्कले कोभिड-१९ र अन्य विश्वव्यापी सङ्कटका पछिल्ला दुई वर्षहरूमा एचआईभी महामारी विरुद्धको प्रगति कमजोर भएको बताएको छ । यसका विरुद्ध परिचालन हुने स्रोतहरू सङ्कुचित भएका छन् जसका कारण लाखौंको ज्यान जोखिममा रहेको पनि तथ्याङ्कले देखाएको छ ।

नयाँ सङ्क्रमणको सङ्सङ्ख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापी रूपमा केवल ३.६ प्रतिशतले घटेको छ जुन नयाँ एचआईभी सङ्क्रमणमा सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो।पूर्वी युरोप र मध्य एशिया, मध्य पूर्व र उत्तर अफ्रिका र ल्याटिन अमेरिकामा धेरै वर्षदेखि वार्षिक एचआईभी सङ्क्रमणमा वृद्धि भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

“यी तथ्याङ्कले विश्वव्यापी एड्स प्रतिक्रियालाई गम्भीर खतरामा रहेको देखाउँछ। यदि हामीले द्रुत रूपमा प्रगति गरेनौँ भने कोभिड-१९, लगायात अन्य सङ्कटका बीचमा यसको प्रकोप थप बढ्ने देखिन्छ । सम्भावित लाखौँ मृत्यु रोक्न खोजिरहेका छौँ,” युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिअनुसार एड्सले प्रत्येक मिनेटमा ज्यान लिइरहेको छ । औसतमा सन् २०२१ मा विभिन्न रोकथामात्मक उपचारका बाबजुद ६५०,००० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

“यी तथ्याङ्कहरूले राजनीतिक इच्छाशक्तिलाई प्रतिबिम्बित गर्छन् । के हामी हाम्रा बालबालिकाहरूलाई सशक्तीकरण र संरक्षण गर्ने कुरामा ख्याल गर्छौँ ? के हामी बालबालिकाहरू एड्सबाट हुने मृत्यु रोक्न चाहन्छौं ? के हामीले जीवन बचाउने कुरालाई अपराधीकरणभन्दा अगाडि राख्छौं?” ब्यानिमाले प्रतिप्रश्न गरेका छन् । “यदि हामीले गर्छौं भने, हामीले यसको सङ्क्रमणलाइ रोक्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउँनुपर्छ।

प्रतिवेदनले महामारी नियन्त्रण गर्न तत्काल कदम चालिएन भने विनाशकारी परिणामहरू आउँने देखिन्छ। यदि यही दरमा सङ्क्रमण बढ्दै जाने हो भने सन् २०२५ मा सङ्क्रमितको सङ्ख्या १२ लाखभन्दा बढी थप हुनेछ ।

आइतबार, साउन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.