• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण, कांग्रेसका शीर्ष नेताकै टिकट संकटमा

  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित

साउन २९ , काठमाडौं । आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरे पनि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण बनिरहेको छ ।

सिट बाँडफाटको लागि गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको विभिन्न खाका प्रस्तुत गरेको छ कार्यदलले प्रस्तुत गरेका खाका अनुसार गठबन्धनमा सिट बाँडफाँट भए नेपाली कांग्रेसका शीर्ष नेताहरूकै टिकट जोखिममा पर्ने देखिएको छ ।

दुई पटक बसेको कार्यदल बैठकमा सिट बाँडफाँटका विभिन्न विकल्पमा छलफल भएको छ । जसमध्ये एउटा विकल्प, २०७४ को निर्वाचनमा जितेको निर्वाचन क्षेत्रमा साविककै दललाई छोड्ने र एमालेले जितेका क्षेत्रलाई गठबन्धन दललाई बाँडफाँड गर्ने ।

यो खाकाले सर्वाधिक टाउको दुखाई नेपाली कांग्रेसलाई भएको छ । अघिल्लो निर्वाचनमा जितेको आधारमा क्षेत्र तयको एउटा विधि बनाउने हो भने कांग्रेसका दर्जन बढी शीर्ष तहका नेताहरू उम्मेदवारीबाट बाहिरिनुपर्ने निश्चित छ । यसरी गर्दा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै तनहुँ १ बाट उम्मेद्वार हुन रोक लाग्नेछ ।

अघिल्लो निर्वाचनमा पौडेल वामगठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ हाल पाँच दलीय गठनन्धनको घटक नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् ।

गत निर्वाचनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ मा वामगठबन्धन तथा माओवादी केन्द्रका उम्मेद्वार राम कार्कीसँग पराजितभएका थिए । अहिले माओवादी केन्द्र कांग्रेससँगै सत्ताको सहयात्री छ । कार्यदलको कार्यविधिअनुसार उक्त स्थान माओवादी भागमा परे महामन्त्री शर्माले अर्को क्षेत्र रोज्नुपर्नेछ ।

सिन्धुपाल्चोक १ मा गत निर्वाचनमा वामगठबन्धनका साझा उम्मेद्वार अग्निप्रसाद सापकोटाले कांग्रेसका उम्मेद्वार मोहन बस्नेतलाई पराजित रेका थिए । कार्यदलको कार्यादेशअनुसार सापकोटाले उम्मेदवारी पाउने अवस्था भए पनि कांग्रेस नेता बस्नेतले उम्मेदवारीबाट पछि नहट्ने घोषणा गरिसकेका छन्।

गत निर्वाचनमा डोटीमा कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई पराजित गरेका वामगठबन्धनका उम्मेद्वार प्रेम आलेले हाल नेकपा (एकीकृत समाजवादी)मा छन् । कार्यदलको खाकाअनुसार कांग्रेस सुदुरपश्चिमका सभापति समेत रहेका बलायरले उम्मेदवार बन्न पाउने छैनन् ।

मकवानपुर–२ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायलाई एकीकृत समाजवादीका विरोध खतिवडाको कारण उम्मेदवार पाउन कठिनाइ हुने देखिन्छ । अघिल्लो निर्वाचनमा उपाध्याय खतिवडासँग पराजित भएकी थिईन् ।

नुवाकोट–१ मा गठबन्धनको तर्फबाट सिट बाँडफाँट गर्दा पूर्वअर्थमन्त्री डा.रामशरण महतले उम्मेद्वार बन्नबाट हात धुनुपर्ने अवस्था आउनसक्छ । अघिल्लो निर्वाचनमा यो क्षेत्र माओवादीले जितेकाले आगामी निर्वाचनमा पनि उसकै दाबी रहनसक्छ ।

गत निर्वाचनमा विजयी भएको आधारमा सिट भागबण्डा गर्ने सहमति बन्यो भने कांग्रेसका बौद्धिक नेता महेश आचार्य पनि उम्मेदवारीबाट बञ्चित हुनुपर्ने देखिन्छ । गत निर्वाचनमा वामगठबन्धनका उम्मेद्वार अमनलाल मोदीले नेता आचार्यलाई पराजित गरेका थिए।

कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने÷नपाउनेमा आशंका छ । गत निर्वाचनमा माओवादी केन्द्रबाट हेमराज राईसँग पराजित भएका केसीले माओवादीकै उम्मेदवार दोहोरिने अवस्था बन्यो भने बाहिरिनुपर्ने हुन्छ ।

बर्दिया २ मा अघिल्लोपटक माओवादीले जितेकाले उक्त दलले यसपटक पनि दावी गरे कांग्रेस सहमहामन्त्री किशोर सिंह राठोर उम्मेदवारबाट बञ्चित हुनपर्नेछ । ललितपुर ३, कपिलवस्तु १, गोरखा २, प्युठान लगायतका क्षेत्रमा पनि गठबन्धनकै कारण कांग्रेसका प्रभावशाली नेताहरूले टिकट नपाउने अवस्था छ ।

 

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.