• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भाद्र ४ गते शनिवारको राशिफल

  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित

भाद्र ४ ,काठमाडौँ। आजको पात्रो : आज भदौं महिनाको ४ गते २०७९, शनिवार । तद्नुसार अगष्ट महिनाको २० तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी, तैतिल करण, रोहिणी नक्षत्र, व्याघात योग चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः३७ मा हुनेछ भने सूर्यास्त ६ः३८ मा हुनेछ । आजको दिन शुभ रहेको छ । शनिवार भएकाले शनिदेवको उपास्य, स्नान र शनिस्त्रोत्र पाठ र पिपलको वृक्षमा जल अभिषेक गर्दा शनि दोष निर्वारण गर्न सकिन्छ । आजको देवता बायु, र ग्रहदेव शुक्र रहेको छ । शनिवारको दिन पूर्वदिशा तर्फको यात्रा नगर्नहोला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार ब्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । शनिदेवको आरधना गर्नु उत्तम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । ब्यापारको कामबाट फाइदा हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आज कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । कसैलाई पनि अपमान हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला । आजको दिन कसैसँग विवाद हुने काम नगर्नु होला । सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन गर्नुहोला । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा पुग्नेछ । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको भेटघाटले मनमा खुसियाली छाउनेछ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट तपाईलाई आत्मिक शक्ति प्राप्त हुँदै जानेछ ।

शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक ०४ गते बडा दशैंको दिनको तपाइको राशिफल
आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल
आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल
आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल
आज असोज ३१ गते शनिबारको तपाइको राशिफल
आज असोज ३० गते शुक्रवारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.