• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चुनावी प्रचारप्रसार लागि शीर्ष नेताहरु देश दौडाहामा

  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

कात्तिक २१ , काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिंदै गर्दा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।

गत बिहिबारदेखि निर्वाचन प्रचारप्रसार खुल्ला भएपनि राजनीतिक दलका शीर्ष नेताहरु चुनावी देश दौडाहामा निस्किएका हुन् प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी देश दौडाहामा अग्रस्थानमा देखिएका छन् ।

गत बिहिबार गृहजिल्ला समेत रहेको चुनावी क्षेत्रबाट चुनावी अभियानको सुरुवात गरेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा लगातार ४ दिन आफ्नै चुनावी क्षेत्रमा व्यस्त रहे । गृहजिल्ला बसाईको अन्तिम दिन आइतबार प्रधानमन्त्री देउवाले दुई वटा चुनावी सभालाई सम्बोधन गरे । बिहान ११ बजे डडेल्धुराको आलिताल गाउँपालिका गोदाममा आयोजित चुनावी सभालाई सम्बोधन गरेका देउवाले दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा आयोजना गरिएको आमसभालाई सम्बोधन गरे । बुधबार काठमाडौंबाट कैलालीको धनगढी हुँदै बिहिबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले अन्य जिल्लाका चुनावी क्षेत्रमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

दार्चुलाको खलंगाबाट शुक्रबार आसन्न निर्वाचन केन्द्रित चुनावी अभियानको सुरुवात गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही दिन बैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरे। शनिबार काठमाडौंमा आयोजित प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गरेका ओली आइतबार चुनावी प्रचारकै क्रममा बाग्लुङ, स्याङ्जा र पोखरामा आयोजना गरिएका पार्टीका चुनावी सभालाई सम्बोधन गरे । आसन्न निर्वाचन केन्द्रित ४० स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको ओलीले आवश्यकता अनुसार अन्य चुनावी सभालाई पनि सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रचारप्रसारमा उत्तिकै व्यस्त देखिएका छन । गत बिहिबार आफ्नै निर्वाचन क्षेत्र गोरखाका सत्तागठबन्धनका उम्मेदवारहरुसँग काठमाडौंमै अन्तरक्रिया गरेका दाहाल शनिबारदेखि चुनावी क्षेत्रमै केन्द्रित भएका छन । चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष दाहाल मंगलबार जुम्ला जाने कार्यक्रम तय गरिएको छ ।

चुनाव प्रचारप्रसार खुल्ला भएकै दिन काठमाडौंको चुनावी सभालाई सम्बोधन गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गोरखा र नवलपरासीमा आयोजना गरिएको पार्टीको चुनावीसभालाई सम्बोधन गरे। आइतबार पनि अध्यक्ष लिङ्देन चुनावी प्रचारमै व्यस्त रहनुभयो । राजनीतिक दलका अन्य शीर्षस्थ नेताहरु माधवकमुार नेपाल, रामचन्द्र पौडेल, उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरु भने आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित रहेका छन् ।

विभिन्न निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई आवश्यकता अनुसार सम्बोधन गर्ने नेताहरुको तयारी रहेकाे छ ।

सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.