मंसिर १९ ,काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् ।
माओवादी केन्द्रका कार्कीले ३५ हजार ७९० मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् । ८१ हजार ८८ मत गणना हुँदा कार्कीले अग्रता बढाएका हुन्। कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३६३१ मत ल्याउँदा राप्रपाका विजय खड्काले १५०६ मत प्राप्त गरेका छन्। मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन: मतदान गरिएको थियो।
तपाईको प्रतिक्रिया


