• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

पशु बलि दिएर छावालाई तालिम

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

चैत्र ७ , काठमाडौं । हात्ती प्रजनन केन्द्रका माउते राकेश महतोले छावा (गोपालगञ्ज नामकरण)को टाउको र कानको जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै ‘बैठ’ (बस)भनेपछि सरक्कै बस्यो । अनि फेरि उहाँले त्यही जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै भुइँमा भएको लौरो आफूलाई दिन छावालाई निर्देशन दिए , “उपर दे (माथि दे) ।”

माउतेको निर्देशन पाएको छावाले सुँढले उठाएर लौरो माथि दियो । फेरि माउते महतोलाई छावालाई सुताउन मन लागेपछि खुट्टाले जोर्नीमै धकेल्दै भने – सुत । छावाले लुरुक्कै कुरा मान्यो र सुत्यो । हात्तीलाई तालिम दिइएको यो दृश्य हात्ती प्रजनन केन्द्र पुग्ने जोकोहीले अचेल सहजै देख्न सक्छन् । प्रजनन केन्द्रका कर्मचारीले गोपालगञ्जजस्ता छावालाई सजिलै भनेको मान्ने बनाउन निकै मिहिनेत गर्ने गरेका छन् ।

“माउबाट छुटाएर बिस्तारै छावालाई तालिम दिने गरिन्छ,” माउते महतोले भने, “उसलाई हिँड्न, बस्न, उठ्न, सामान दिन वा केही काम लगाउन बिस्तारै सिकाउने गरिन्छ ।”

हिमालीकलीबाट पहिलो बेतमा जन्मिएको गोपालगञ्ज अहिले साढे तीन वर्षको भयो । अहिले गोपालगञ्जले अन्य हात्तीसरहकै तालिम पाइरहेको छ । ऊसँगै अहिले प्रजनन केन्द्रमा शनिगञ्ज, खगेन्द्रगञ्ज, गोपालगञ्ज र सिमसारगञ्जलाई तालिम दिइएको छ । प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले भने, “यी छावालाई पहिला त माउबाट छुटाएर दुईवटा हात्तीले बाँधेर बीचमा राखी हिँड्न, बस्न र उठ्न सिकायौँ ।”

तीनदेखि चार वर्षका ती छावालाई झन्डै दुई महिनाको तालिमपछि मात्रै माउतेको इसारा बुझ्न सक्ने बनाउन सकिन्छ । यसरी तालिम दिँदा वनदेवी र खवारीको पूजा गर्ने र पशुपक्षी बलि दिने पनि प्रचलन तालिम केन्द्रमा छ ।
“तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा तीन÷चार दिनसम्म बाँधेर बस्न नदिई राखिन्छ,” प्रमुख महतोले भने, “यसरी पूजा गर्दा तालिमक्रममा विघ्नबाधा नआओस् भनेर बोका, कुखुरा, परेवालगायतका पशुपक्षी बलि दिने प्रचलन छ ।”

बलि दिएर खवारीमा डोरीले बाँधेर राखिएको छावालाई दाना, आहार र पानीसमेत नियमितभन्दा कम दिइन्छ । यसरी बाँध्दा उसले धेरै उपद्रो मच्याउन थाल्यो भने नजिकै आगो बालेर छावाको रिस शान्त पार्ने गरिन्छ । “आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिराख्छौँ,” उनले भने। यो समाचार गोरखापत्र दैनिकमा छ ।

मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.