• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मूल्य रुपियाँ जरिवाना हजार !

  •   बुधबार, चैत २२, २०७९ मा प्रकाशित

चैत्र २२ , काठमाडौं । चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको छ।

पुस्तक लगेर वर्षौंसम्म फिर्ता नगर्ने वा हराउने प्रवृत्तिलाई रोक्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पछिल्लो समय कडा रूपमा प्रस्तुत भएको छ। पुस्तकालयले हालै विश्वविद्यालयका एक जना प्राध्यापकसँग चार हजार रुपियाँ जरिवाना असुल गरेको छ। ती प्राध्यापकले ‘एक सातामै फिर्ता गर्छु’ भनेर २०४२ सालमा पुस्तकालयबाट राजनीतिशास्त्र विषयको ‘पोलिटिकल डेभलपमेन्ट एन्ड सोसियल चेन्ज’ नामक पुस्तक लिएका थिए । उनी त्यतिखेर विश्वविद्यालयको विद्यार्थी नै थिए। पढाइ सकेर त्रिविमै सेवा सुरु गरेपछि पनि पुस्तक फिर्ता गर्ने विषयमा उनले ध्यान पुर्याएनन्। सेवाबाट निवृत्त हुने बेलामा पुस्तकालयबाट उक्त पुस्तक लगेर फिर्ता नगरेको अभिलेख फेला पर्यो।

पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले भने, “नियमअनुसार पुस्तक लैजाने व्यक्तिले अध्ययन सकेपछि परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट झिक्ने बेलामा पुस्तकालयको क्लियरेन्स गर्नुपर्ने हो तर त्यतिखेर परीक्षा नियन्त्रण कार्यालयमा भनसुन गरेर काम मिलाए होलान्। अहिले ४२ वर्षपछि भए पनि तिर्न बाध्य पारियो।”

पुस्तकालयका सूचना अधिकारी विजय शर्माका अनुसार सो पुस्तक अहिले नेपाली बजारमा कतै पनि पाइँदैन। “आदेशअनुसार सामानको अनलाइन डेलिभरी गर्ने पोर्टल अमेजनमा खोज्दा अहिले उक्त पुस्तकको मूल्य दुई हजार पाँच सय रुपियाँ रहेछ,” उनले भने, “पुस्तकको मूल्यमा पुस्तकालयको नियमअनुसार जरिवाना शुल्कसमेत जोड्दा चार हजार रुपियाँ पुग्यो। सोहीअनुसार भर्खर मात्रै उहाँलाई पुस्तकालयबाट क्लियरेन्सको पत्र दिइयो।”

आर डब्लु फिन्क्ले र जेएल गब्लले सो पुस्तक संयुक्त रूपमा लेखेको र जो विन्ली एन्ड सन्स इङ्कले पुस्तक प्रकाशन गरेको थियो। पुस्तकालयले पुस्तक लगेर समयमै फिर्ता नगर्नेलाई तोकिएको समयावधि नाघेपछि दिनको एक रुपियाँका दरले जरिवाना लिन्छ। त्यसबाहेक पुस्तक फिर्ता गर्ने समयमा उक्त पुस्तकको बजार मूल्य जति छ, त्यसको २५ प्रतिशत अतिरिक्त शुल्क पनि लिने गर्छ।

तोकिएको समयमै फिर्ता गर्छु भनेर मञ्जुरनामासमेत गराएका व्यक्तिले नबुझाएपछि अमेरिकी डलर तथा पाउन्ड स्टर्लिङमा समेत जरिवाना तिर्ने गरेका छन्। पुस्तकालय प्रमुख श्रेष्ठका अनुसार अमृत साइन्स क्याम्पसमा पढाउने एक जना महिला प्राध्यापकले केही समयअघि पाउन्ड स्टर्लिङमै पुस्तकको जरिवाना तिरेर पुस्तकालयबाट ‘क्लियरेन्स’ लिएका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

बुधबार, चैत २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.