• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आइपीएलको उपाधी चेन्नई सुपर किंग्सले जित्यो

  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित

जेष्ठ १६ , काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि जितेको छ । अहमदाबादमा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । चेन्नईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ ।

गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ गरेकोमा पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो ।

नयाँ १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि डेभोन कन्वेले २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए । चेन्नईलाई जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै जिताएका थिए ।

चेन्नईका शिबम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा अविजितत रहे । रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।

चेन्नईलाई उपाधि जित्न ओभरमा १३ रन चाहिँएको थियो । बलिङमा मोहित शर्मा आउँदा क्रिजमा शिभम दुवे र रविन्द्र जडेजा रहेका थिए । मोहित शर्माले पहिलो बल दुबेलाई डट राखे ।

दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो । तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले । चौथो बलमा पनि एक रन नै दिएपछि उपाधि कठिन बनेको थियो ।

पाँचौं बलमा जडेजाले छक्का हानेपछि खेल रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि चार रन चाहिँएको थियो । अन्तिम बलमा जडेजाले चौका हान्दै उपाधि पक्का गराएका हुन् ।

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ३९ बलमा ७४ रन जोड्दै उत्कृष्ट सुरुआत गरेका थिए । गायकवाड १६ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

अजिंक्या रहाणे १३ बलमा २ चौका र २ छक्कासहित महत्वपूर्ण २७ रन जोड्दै आउट भए । उनी मोहित शर्माको बलमा विजय शंकरबाट क्याच आउट भए ।

आफ्नो आइपीएल करिअरको अन्तिम खेल खेलेका अम्बाती रायुडू ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए ।गुजरातका मोहित शर्माले ३ तथा २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो । गुजरातका लागि साई शुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय ईनिङ्स खेले । शुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए । शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।

पहिलो विकेटका लागि ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले ४२ बलमा ६७ रनको साझेदारी गरे । पछिल्लो चार खेलमा तीन शतक बनाएका गिलले २० बलमा ७ चौकाको सहयोगमा ३९ रन बनाए ।

दोस्रो विकेटका लागि ऋद्धिमान शाह र साई शुदर्शनले ६४ रनको साझेदारी गरे । कप्तान हार्दिक पान्ड्याले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । राशिद खान शुन्य रनमा आउट भए ।चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।

लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जितसँगै चेन्नईले मुम्बई इन्डियन्सले पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानलाई बराबरी गरेको छ । उता, गुजरातको भने लगातार दोस्रो पटक उपाधी जित्ने योजना बिफल भएको छ ।

 

मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.