• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सीमान्त जोगबनी बजारका कारण घट्दै विराटनगरको व्यापार

  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित

असार २८ , मोरङ। अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ ।

जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन । रोकतोक नहुँदा र सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता सीमान्त जोगबनी बजारमा किनमेल गर्न लालायित हुने गरेका छन् ।

नेपाली उपभोक्ताका कारण नै सो बजार गुलजार बनेको हो । स्थानीय उपभोक्ताको जोगबनी मोहका कारण स्थानीय कारोबारमाथि असर पुगेको महसुस हुन थालेको छ । विराटनगर र आसपासका कतिपय पसलमा बिक्रीका लागि भगवानको पुकारा गर्नुपर्ने अवस्था छ । पसल खोलेर घण्टौँ पर्खंदासमेत ग्राहक नआउने स्थिति छ ।

पसलको बिक्रीबट्टा घट्दा कतिपय व्यवसायीलाई पसलको भाडा, कर्मचारीको तलब तिर्न गाह्रो छ । बेला–बेलामा स्थानीय व्यवसायीले सीमा नाकामा कडाइ गरी स्थानीय व्यापारलाई प्रवर्द्धन र संरक्षण गर्नुपर्ने भनी आवाज उठाउँदा पनि समस्याको हल हुन सकेको छैन ।

गिर्दो व्यापारका कारण विराटनगरमा कैयौँ सटर पसल भाडामा खाली छन् । विराटनगर र आसपासका बजार चलायमान बन्न नसकेपछि कतिपय व्यवसायीले नचाहेर पनि वैकल्पिक बाटो रोज्नुपर्ने बाध्यता आइपरेको छ ।

सगरमाथा फेन्सी पसलका सञ्चालक अम्बर कटुवालले जोगबनी बजारका कारण स्थानीय व्यापार धरासायी बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “आम उपभोक्तामा जोगबनी मोह छ । त्यहाँ सामान सस्तो पाइन्छ भन्ने धारणा छ, त्यो सही होइन । जोगबनीका सामानको गुणवत्ता र तौलमा तलमाथि हुने गरेको छ र पसल सञ्चालकको व्यवहार पनि रुखो हुने गरेको छ ।”

क्वालिटी किराना पसलका सञ्चालक कमलकुमार अग्रवालले विराटनगरका कतिपय पसलमा बिक्री नहुँदा कर्मचारी कटौती गर्नुपरेको गुनासो गर्नुभयो । उहाँले पसलको भाडा तिर्न व्यवसायीलाई अप्ठ्यारो स्थिति आइपरेको गुनासो गर्नुभयो । अग्रवालले भन्नुभयो, “विराटनगर बजार सुनसानझैँ लाग्छ । उपभोक्ताको खासै चहलपहल छैन ।

तत्कालका लागि चाहिने सामानमात्र उपभोक्ताले स्थानीय बजारबाट खरिद गरिहाले पनि नुनदेखि सुनसम्मको खरिदका लागि सीमान्त जोगबनी बजार जाने चलनले जरा गाडेको छ ।” अग्रवालले स्थानीय बजारलाई डुब्नबाट बचाउन तीनै तहका सरकारले उपभोक्तालाई सहुलियत हुने नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले अत्यावश्यक उपभोग्य वस्तुको आयात भन्सार दरलाई परिमार्जित गरी सहुलियत दिइएको खण्डमा त्यस्ता वस्तु सस्तो पर्ने र सीमान्त क्षेत्रका नेपालतर्फको बजारको प्रवर्द्धन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जोगबनीमा दैनिक १० करोडभन्दा बढीको कारोबार हुने गरेको छ । जोगबनी बजार नेपाली उपभोक्तामा निर्भर छ । जोगबनी बजारबाट ल्याइएका सामानको गुणवत्ता र तौलमा शङ्का गर्ने ठाउँ रहन्छ ।” उहाँले ९० प्रतिशत जोगबनी र १० प्रतिशत विराटनगर र आसपासका बजारमा कारोबार हुने गरेको बताउनुभयो ।

सीमान्त जोगबनी वा भारतका अन्य स्थानबाट नेपाल ल्याइने रु एक सयभन्दा बढीको सामानमा भन्सार कर अनिवार्य लाग्ने व्यवस्थाको कडाइका साथ लागू गरिए आम उपभोक्ताले स्थानीय बजारबाटै किनमेल गर्ने अध्यक्ष रिजालले बताउनुभयो ।

उद्योग सङ्गठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीमा नाकामा कडाइ नगरुञ्जेल स्थानीय उद्योग र व्यापार नफस्टाउने बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ता चिनी किन्न भनेर सीमान्त भारतको जोगबनी जाने अनि खुकुलो सीमा नाकाको फाइदा उठाउँदै त्यतैबाट चिनीसँगै तेल घ्यू, लत्ताकपडा लिएर आउने हुनाले स्थानीय उत्पादन र व्यवसायमा सङ्कट आउन थालेको छ ।” राठीले सीमान्त क्षेत्रमा हुने तस्करी र जोगबनी गई किनमेल गर्ने उपभोक्ताको बानीलाई नियन्त्रण गर्नसके विराटनगर र आसपासका बजार चलायमान हुने बताउनुभयो ।

यसैबीच स्थानीय बजारको प्रवर्द्धनका लागि आगामी साउन १ गतेदेखि विराटनगर भन्सार नाका कडा पारिने निर्णय गरिएको छ । अब जुनसुकै प्रायोजनका लागि जोगबनी बजारबाट पैठारी गरिने मालवस्तुमा भन्सार कर लगाइने छ ।

विराटनगर महानगरपालिकामा सरोकारवालाबीचको छलफलमा राजस्व परिचालन र स्थानीय बजारलाई चलायमान बनाउन विराटनगर भन्सार नाकालाई कडा पारिने निर्णय लिइएको हो ।

बिहिबार, असार २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.