झापा, २४ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज राम कार्की (सुरेन्द्र) ले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् । जनतासँग माओवादी विशेष अभियानको क्रममा झापा पुगेका कार्कीले आइतबार यस्तो बताएका हुन् ।
उनले पार्टीमा टिबी लागेको हो कि अल्सर बिग्रेर क्यान्सर हुन लागेको त्यसको उपचारको खोजी भइरहेको बताए । लक्षण हेर्दा पहिलो चरणको क्यान्सर हो कि भन्ने चिन्ता लागेको छ, उनले तीन महिने अभियान पछि रोग निदानका लागि गम्भीर समीक्षा हुने बताएका छन् ।
‘माओवादीप्रति जनताको व्यापक गुनासो छ । शान्ति प्रक्रियामा आएपछि हाम्रो पार्टीमा गम्भीर रोगको लक्षण देखिएको छ । टिबी लागेको हो कि पहिलो चरणको क्यान्सर हो । त्यसको कारणको खोजी भइरहेको छ । तीन महिने अभियान पछि निदानका लागि गम्भीर समीक्षा हुन्छ’ उनले भने ।
तपाईको प्रतिक्रिया


